सुकुम्वासी हटाउनेबारे सत्ता पक्षका दलसँग सल्लाह गरेर निर्णय दिन्छुः प्रधानमन्त्री
नेपालबहस संवाददाता
माघ १६, २०७९ सोमबार १६:४०:४६
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई वाग्मती करिडोरमा रहेका सुकुम्वासी हटाउनेबारे सत्ता गठबन्धन दल र सरोकार पक्षसँग छलफल गरेर निर्णय दिने बताएका छन् । मेयर शाहले सोमबार विहान बालुवाटार पपुगेर प्रधानमन्त्री प्रचण्डसमक्ष सुकुम्बासी हढाउन सरकारको सहयोग मागेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा थापाथलीमा रहेका सुकुम्वासी हटाउन सरकारको सहयोग मागपछि उनले यस्तो जवाफ दिएका हुन् । मेयर शाहका स्वकीय सचिव भुपदेव शाहका अनुसार प्रधानमन्त्री यस विषयमा सकारात्मक रहेको र सबै पक्षसँग छलफल गरेर निर्णय दिने बताएका थिए । यसअघि थापाथलीमा रहेका सुकुम्वासी हटाउन महानगरले गरेको प्रयास असफल भएको थियो । मेयर शाहले तत्कालिन गृहमन्त्री रवि लामिछानेसँग पनि सहयोग मागेका थिए ।
यसअघि सुकुम्वासी हटाउन पुगेका महानगरका सुरक्षाकर्मीमाथि त्यहाँ रहेका स्थानीय आक्रमणमा उत्रिएपछि महानगर पछि हटेको थियो । त्यसलगत्तै सहयोग माग्न तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मेयर बालेन पुगेका थिए । तर देउवाले पनि सुकुम्वासी समस्या दवावले समाधान गर्न नसकिने बताएका थिए ।
सरकारको समन्वयबिना किन हटाउने प्रयास गरेको भन्दै अहलिे मेयर बालेनको चौतर्फि विरोध भइरहेको छ भने उनीमाथि विभिन्न प्रश्नसमेत उठेका छन् । बालेनले यसअघि पनि गृह मन्त्रालयसँग सहयोग मागेका थिए । गृहले स्थायी समस्या समाधानको प्रयास गर्नुपर्ने भएकाले बल प्रयोग गरेर हटाउन नहुने सुझाव दिएको थियो । प्रधानमन्त्री दाहालसँगको भेटमा अन्य विषयमा पनि कुराकानी भएको मेयरका स्वकीय सचिव शाहले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार