दूतावास नभएका देशमा घुम्ती टोली पठाउने परराष्ट्रको तयारी
नेपालबहस संवाददाता
माघ १६, २०७९ सोमबार १७:२९:३७
१६ माघ, काठमाडौं । नेपाल सरकारले नेपाली दुतावास नभएका मुलुकमा रहेका नेपालीहरुको समस्या समाधानका लागि ति देशमा घुमुवा टोली पठाउने तयारी गरेको छ । परराष्ट्रमन्त्री डा विमला राई पौडेलले यससम्बन्धी प्रस्ताव प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलयमा पठाएकी छ । नेपालको राजदुतावास नभएका पोर्चुगल लगायतका देशमा ठूलो संख्यामा नेपाली श्रमिकहरुश्र कार्यरत छन् । दुतावस नहुँदा उनीहरुमा विभिन्न समस्यामा पर्दै आएका छन् ।
पछिल्लो समय ठूलो संख्यामा नेपालीहरु समस्यामा पर्दै गएको गुनासो बढेको बढेपछि सरकारले विशेष टोली खटाउने तयारी गरेको परराष्ट्र मन्त्रालयको भनाइ छ । परराष्ट्रमन्त्री पौडेलले आगामी एक महिनाभित्र पोर्चुगलमा सरकारी टोली पठाउने तयारी गरेको बताएकी छन् । उनले गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषद्हरुको पहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिएकी हुन् ।
परराष्ट्रमन्त्री पौडेलले दूतावास तथा कन्सुलर सेवा नभएका देशहरुमा सरकारले घुम्ती टोली खटाएर त्यहाँका नेपालीहरुले भोग्नुपरेको समस्यासमाधानका लागि पहल गर्ने तयारी गरेको भन्दै पोर्चुगलमा अहिले धेरै नेपाली अलपत्र रहेको र कागजपत्र नभएका कारण समस्या आएको बताइन् । सकेसम्म कन्सुलेट खोल्ने तयारी सरकारको छ । तर तत्काल यो सम्भव नभएकाले टोली खटाउन लागिएको हो ।
यसमा आर्थिक पाटो पनि जोडिएको छ भने मन्त्रीपरिषदबाट त्यसको निर्णय हुनुपर्छ । त्यसैले तत्काल समस्या समाधानका लागि २५ देखि १ महिना भित्र एउटा सरकारी टोली पोर्चुगलमा राख्ने, र त्यहाँका कागजपत्र विहिन तथा समस्याग्रस्त नेपालीलाई सहजीकरण गर्ने योजना मन्त्री पौड्यालको छ । उक्त प्रस्ताव अहिले अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अध्यायन गरिहेको छ ।
यसअघि गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले काठमाण्डौस्थित परराष्ट्र मन्त्रालयमा पुगेर दूतावास तथा महावाणिज्यदूत नभएका देशमा तत्काल दूतावास स्थापना तथा महावाणिज्यदूत नियुक्त गर्न मन्त्री पौडेललाई आग्रह गरेको थियो । यूरोपेली मुलुक माल्टामा दूताबास नहुँदा समस्या परेको भन्ने विषयमा मन्त्रालय जानकार रहेको भन्दै मन्त्री पौडेलले माल्टाको समस्या समाधानमा सरकारले पहल थालेको बताएकी थिइन् ।
हाल बेलायतस्थित दूताबासले नै माल्टामा काम गर्दै आएकोमा सो प्रभावकारी नभएको गुनासो बढेकोले छ । साइप्रसमा घरेलु कामदारको रुपमा जाने क्रम बढेको भन्दै त्यसलाई जी टु जी च्यानलमा ल्याउन सरकारले पहल गर्ने मन्त्री पौडेलको भनाई थियो । यद्यपी त्यस सम्बन्धमा अध्ययन गर्नै बाँकी रहेकोले आफूले आवश्यक अध्ययन गरेर मात्रै काम अघि बढाउने मन्त्रीको भनाई थियो ।
मन्त्री पौडेलले विदेशस्थित दूतावास तथा कूटनीतिक नियोगलाई २४ घण्टा सञ्चालन गर्न सर्कुलर पनि पठाएकी छन् । नेपाली नागरिकलाई दूतावासमा गुहार्छ भने ऊ सुरिक्षत हुनुपर्छ र उसका लागि दूतावासको सर्भिस २४ घण्टे हुनुपर्छ भन्ने उनको भनाइ छ । यस्तै, उद्धार रेसपोन्डस् टिम बनाउने र त्यसले मासिक रिर्पोट गर्ने व्यवस्था मिलाउने, जनशक्ति थप्ने र दूतावासमार्फत द्रूत सेवामा हुनुपर्ने मन्त्री पौडलको प्रस्ताव छ । सपोर्ट नविकरण गर्दा लामो समय लाग्ने, अर्को देशमा जानुपर्ने बाध्यता रहेको गुनासो आएको भन्दै मन्त्री पौडेलले दूतावासले मोबाइल टिम पठाउने वा के गर्ने भन्ने प्रस्ताव प्रधामन्त्रीसमक्षा पठाएकी हुन् ।
यस्तै पोल्याण्डमा रहेका नेपाली कामदार पनि समस्यामा पर्दै आएका छन् । विविध कारण ज्यान गुमाएका नेपालीको शव व्यवस्थापन लगायतका समस्याबारे मन्त्रीपौडेलले प्रस्तावमा उल्लेख गरेकी छन् । चेक रिपब्लिककामा रहेका नेपालीलाई व्यवसाय गर्न सरकारी स्तरबाट पहल आवश्यक भएकाले त्याँ पनि व्यवस्था मिलाउन र कन्सुलर सेवा उपलब्ध गराउने तयारी सरकारको छ । यस्तै समस्या बेल्जियममा पनि देखिएको छ । बेल्जियममा धरै नेपाली ठूलो समस्यामा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेश भ्रमणमा कडाई, व्यक्तिगत कामका लागि विशेष तथा कूटनीतिक राहदानी प्रयोग गर्न नपाइने
मंसिर ११, २०८१ मंगलबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार