हत्या अभियुक्त सांसद कोइरीको बचाउमा एमालेको जनप्रदर्शन
नेपालबहस संवाददाता
माघ १६, २०७९ सोमबार १९:२६:२९
१६ माघ, महोत्तरी । नेकपा एमालेका तर्फबाट प्रतिनिसिभामा निर्वाचित सांसद लक्ष्मी महतो कोइरीको बचाउमा मधेशमा एमालेले जनप्रदर्शन गरेको छ । कोइरी व्यक्ति हत्या अभियोगमा प्रहरीको खोजी सुचीमा छन् । कर्तव्य ज्यान मुद्दामा फरार रहेका उनी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । कोइरीलाई पक्राउन गर्न प्रहरीले ७७ वटै जिल्लामा सर्कुलर जारी गरेको छ ।
उनै अभियुक्त कोइरीको बचाउमा एमालेले आफुनिकट नागरिक समाजलाई अगाडी सारेर प्रदर्शन गरेको हो । मधेस आन्दोलनका क्रममा प्रहरी असई थमन विकको हत्या अभियोगमा फरार रहेका कोइरी एमालेका सांसद हुन् भने उनी प्रहरीको फरार सूचीमा छन् । तर, उनको बचाउमा एमाले र कोइरी समाज उत्रिएको छ । कोइरीमाथि झुट्टा मुद्दा लगाएको भन्दै नागरिक समाजको सहारामा नेकपा एमाले प्रदर्शन गरेको हो ।
११ माघमा जनकपुरमा प्रदर्शन गरेको एमालेले अभियुक्त कोइरीको गाउँ गौशालामा सोमबार पनि नागरिक समाजको नाममा प्रदर्शन भएको छ । कुशाहा कल्याण समाज नामक कोइरी जातीय समूहले सांसद महतोलाई झुट्टा मुद्दा लगाएको बताउदै आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । मधेश आन्दोलनका क्रममा मधुमेह र उच्च्च रक्तचापको समस्याका कारण घरमै स्वास्थ्यलाभ गरिरहेका बेला भएको असई थमनको हत्यामा सांसद कोइरीको कुनै संग्लनता नरहेको कुशाहा कल्याण समाजले दाबी गरेको छ ।
नेकपा एमालेवाट महोत्तरी क्षेत्र न.१ मा निर्वाचित भएका संसद कोइरीलाइ पक्राउ गर्न प्रहरीले सक्रियता बढाएपछि उनी पुनः फरार भएका छन । केहीले उनी भारतको पटना रहेको बताए पनि उनी कहाँ छन भन्ने प्रहरीले एकीन गर्न सकेको छैन । २०७७ मा जनकपुर उच्च अदालतले पुर्पक्षका लागि उनलाई जेल चलान गर्न आदेश दिएको थियो । तर, फरार रहेकै बेला गत मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् । केही साताअघि सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । सत्ता पक्षमा रहेको एमालेले संसदबाट नै उनको बचाउ गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक
मंसिर १२, २०८१ बुधबार
फापरखेतीप्रति किसानको आकर्षण घट्दै
मंसिर १२, २०८१ बुधबार
धरहराबाट उपत्यका नियाल्ने रहर
मंसिर १२, २०८१ बुधबार