पार्टीको आगामी एजेण्डाबारे छलफल गर्न बसेको माओवादी पदाधिकारी बैठक जारी
नेपालबहस संवाददाता
माघ १६, २०७९ सोमबार २०:७:२२
१६ माघ, काठमाडौं । पार्टीका आगामी रणनीति र पछोल्लो विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । केशिबेर अघि सुरु भएको बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका छन् ।
बैठकम यसअघि स्थायी कमिर्टीले लिएका निर्णयहरु र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको छ । माओवादीले स्थायी कमिटी बैठक दुइदिन छलफल गरि त्यसलाई स्थगित गरेर पदाधिकारी बैठक सुरु भएको हो । बैठकमा सरकारका कामबारे पनि समीक्षा हुने बताइएको छ ।
पदाधिकारी बैठकमा गृह मन्त्रालयबारे पनि छलफल हुने एक नेताले बताए । माओवादीले नै गृह मन्त्रालय राख्ने गरी छलफल भइरहेका छन् । तर राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरूले गृह मन्त्रालय पाउनुपर्ने अडान राखेको छ । रास्वपाबाट सभापति रवि लामिछाने यसअघि उपप्रधान एवं गृहमन्त्री थिए । गत शुक्रबार नागरिकता मुद्दामा उनको सांसद पद बदर भएसँगै उपप्रधान र गृह मन्त्रीबाट उनले राजीनामा दिएका थिए ।
आइतबार नेपाली नागरिकता कायम गरेसँगै लामिछाने रास्वपा सभापति भइसकेका छन् भने उनले प्रधानमन्त्रीलाई भेटेर आफूलाई गृह मन्त्रीमा पुनः नियुक्ति गर्न आग्रह गरिरहेका छन् । माओवादीभित्र भने महत्वपूर्ण मन्त्रालय पार्टीसँग नरहेको भन्दै गृह मन्त्रालय राख्न प्रधानमन्त्रीमाथि दवाव परिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार