गृहमन्त्री पार्टीले हैन, प्रधानमन्त्रीले बनाउने होः उपाध्यक्ष महरा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
माघ १६, २०७९ सोमबार २२:४:१८
![](https://nepalbahas.prixacdn.net/media/albums/thumb-23_fGbHjUP98R.jpg)
१६ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्रीबारे पार्टीलाई चासो नभएको बताएका छन् । उनले गृहमन्त्रीबारे पार्ठीको बैठकमा कुनै पनि कुरा नउठेको भन्दै गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्रीको भएको बताएका छन् ।
सोमबार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग नेता महराले गृहमन्त्री कसलाई बनाउने भन्ने काम पार्टीको नभएको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै यसबारे निर्णय गर्ने भएकाले उक्त विषयलाई पार्टीभित्र प्रवेश नै नगराइएको जिकीर गरे ।
उनले भने, ‘गृहमन्त्रीको विषय बैठकमा प्रवेश भएन । यहाँ निर्णय गर्ने कुरा पनि होइन त्यसैले प्रवेश नै गरिएन । यो सरकारको विषय हो । गृहमन्त्री को हुन्छ, को हुन्न भन्ने कुरा उनले टुंगो लगाउने कुरा हो । यो पार्टीले टुंग्याउने कुरा होइन । प्रधानमन्त्रीले राय माग्नु भयो भने स्थायी कमिटीमा त्यो विषयमा पर्सि छलफल होला ।’
गत शुक्रबार सर्वोच्च अदालतको आदेशसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको पद गुमाएका छन् । तर पछिल्लो समय गृह मन्त्रालय प्रधानमन्त्री दाहालकै मातहतमा राखिएको छ ।
यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफै्नै लागि हुनुपर्ने अडान राख्दै आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले यसअघि पत्रकारहरूसँग कुरा गर्दै गृह मन्त्रालय रास्वपाले पहिले नै पाइसकेकाले यसमा फेरि दाबी गरिरहन आवश्यक नरहेको बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार
नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह
फागुन ५, २०८१ सोमबार
मोरङमा बज्राचार्यको भब्य प्रस्तुति, मध्यरातसम्म मनमगनमा नाचे दर्शक
फागुन ५, २०८१ सोमबार
'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार