पेरुका राष्ट्रपतिद्वारा तत्काल निर्वाचन घोषणा गर्न आग्रह
नेपालबहस संवाददाता
माघ १६, २०७९ सोमबार २२:२९:३०
१६ माघ, एजेन्सी । पेरुका राष्ट्रपति डिना बोल्वार्टेले पेरूमा हप्तौंदेखि जारी हिंसात्मक प्रदर्शनलाई अन्त्य गर्ने उपायका रूपमा समयअगावै निर्वाचन गराउन आइतबार संसदलाई पुनः आग्रह गर्दै अन्यथा आफूले संवैधानिक सुधारको बाटो अवलम्बन गर्ने चेतावनी दिएका छिन ।
गत डिसेम्बर ७ मा तत्कालीन राष्ट्रपति पेड्रो क्यास्टिलोलाई संसद भङ्ग गर्ने र हुकुमी शासन गर्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएपछि दक्षिण अमेरिकी देश राजनीतिक सङ्कटमा फसेको छ । पेरुको गभर्नरको कार्यालयले दिएको जानकारीअनुसार सात हप्ताको प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा एक प्रहरी अधिकारीसहित ४८ जनाको मृत्यु भएको छ ।
यो अशान्ति मुख्यतया दक्षिणी पेरूका गरिब, ग्रामीण आदिवासीहरूबाट आएको छ । आदिवासी बहुल क्षेत्रका कास्टिलोलाई हटाउनुलाई गरिबी, नस्लवाद र असमानताको अन्त्यको आफ्नो लडाईँमाथिको षड्यन्त्र भएको आदिबासी समुदायको बुझाइ रहेको छ ।
गत महिना सांसदहरूले सन् २०२६ मा हुने निर्वाचनलाई सन् २०२४ को अप्रिलमा सार्ने प्रस्ताव अघि सारेका थिए, तर विरोध प्रदर्शन कम हुने कुनै सङ्केत नदेखिएकाले बोलुआर्टेले यसै वर्ष निर्वाचन गराउनुपर्नेमा जोड दिएकी छिन। राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति बोलुआर्टेले भनिन, “सन् २०२३ भित्र निर्वाचन गरी पेरुबासीको विश्वास जित्ने मौका लिन संसदहरूलाई आग्रह गरेका थिए।
सांसदहरूले आफ्नो प्रस्ताव अस्वीकार गरेमा अक्टोबरमा पहिलो चरणको निर्वाचन र डिसेम्बरमा अन्तिम निर्वाचन गर्ने गरी संवैधानिक सुधारको प्रस्ताव गर्ने चेतावनी उनले दिएका छन । निर्वाचनको कार्यतालिकाबारे छलफल गर्न सोमबार व्यवस्थापिका–संसद्को बैठक बस्ने भएको छ ।
शनिबार सार्वजनिक भवनबाट ढाल, ढुङ्गा र सिमेन्टका टुक्राहरू बोकेका प्रदर्शनकारीहरूले अश्रुग्याँसको सामना गर्दै प्रहरीसँग लडेका थिए । पेरूमा बोलुआर्टेले राजीनामा दिएर नयाँ निर्वाचन गर्नुपर्ने माग गर्दै क्यास्टिलोका समर्थकले राजमार्ग अवरुद्ध पारेका छन् जसका कारण खाद्यान्न, इन्धन र अन्य आधारभूत आपूर्तिको अभाव भएको छ ।
सरकारले अवरोध हटाउन चाँडै नै प्रहरी र सैनिक परिचालन गर्ने बताएको छ । सन् २०२६ मा हुनुपर्ने निर्वाचनलाई अघि सारीसन् २०२४ को अप्रिलसम्म सम्पन्न गर्न सांसदहरूबीच गत महिना सहमति भएको थियो ।
तर लगातारको विरोधप्रदर्शनका बीच बोलुआर्टेले शुक्रबार संसदमा निर्वाचन अघि सार्ने पक्ष वा विपक्षमा मतदान गर्न आग्रह गरेका थिए । तर, शनिबार सम्पन्न पूर्ण अधिवेशनमा संसदले प्रस्तावको पक्षमा ४५, विपक्षमा ६५ र दुई अनुपस्थितसहित अस्वीकृत गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार