राष्ट्रियसभा सदस्यको एक पदको उपनिर्वाचनमा तीन जनाको उम्मेदवारी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
माघ १७, २०७९ मंगलबार १३:१०:५२
![](https://nepalbahas.prixacdn.net/media/albums/sava-e1625482955541_6hbNOcEDbj.jpg)
१७ माघ, बुटबल । आगामी २५ माघमा हुन गइरहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले निर्वाचनका लागि सोमबार तीनजना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचनको अन्तिम तयारी पुरा गरेको हो ।
एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपनिर्वाचनअन्तर्गत मतदान हुदैँछ । निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरले सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारहरुलाई चुनाव चिह्नसमेत प्रदान गरि सकिएको जानकारी दिए ।
उनका अनुसार एमालेवाट कुमार दसौती, नेपाली कांगेसका माधवपसाद आचार्य, नागरिक उन्मुक्तिवाट राजेन्द्रविर राय रहेका छन । राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्य गरी तीन सय पाँचजना मतदाता छन् ।
जसमा दुई सय १८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख र ८७ प्रदेशसभा सदस्यहरू छन् । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
एकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा
फागुन ५, २०८१ सोमबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार