सशस्त्र प्रहरीमा थरीथरीका बदनाम पात्रः सरुवाका लागि शक्तिकेन्द्र धाउनै व्यस्त
नेपालबहस संवाददाता
माघ १७, २०७९ मंगलबार २२:५९:५४
१७ माघ, काठमाडौं । सशस्त्र प्रहरीका केही बदनाम अधिकृतहरु आकर्षक बाहिनी र गुल्म कमाण्डका लागि विभिन्न शक्तिकेन्द्रमा धाउन थालेका छन् । प्रहरी महानिरीक्षक राजु अर्याल आफैले ती बद्नाम पात्रहरुलाई संगठनमा जिम्मेवारी दिन नखोजेपछि शक्तिकेन्द्र धाउन थालेका हुन् । बद्नाम पात्रका कारण संगठनको साख गिर्ने मात्र होइन बद्नामी समेत हुँदै आएको सन्दर्भलाई ध्यान दिएर आईजीपी अर्यालले जिम्मेवारी दिन नखोजेपछि उनीहरुले माओवादी र एमालेका नेताहरुलाई भेटेर दबाब दिन थालेका छन् ।
कर्णाली प्रदेशबाट काठमाडौ आइपुगेका डीआईजी अभि खत्री, लेखा स्टोरमा भएको आगलागीमा मतियार बनेवापत कारवाहीको सिफारिस हुँदा समेत उनी जोगिएका थिए । कर्णालीको बाहिनीपति हँंदा राशनमा अनियमितता गरेका उनी अहिले मधेस प्रदेश जानको लागि शक्तिकेन्द्र धाउन थालेका छन् ।
जबकी सशस्त्र प्रहरीले बाह्य दबाब कम होस् भन्ने उद्देश्यले भेटघाट सम्बन्धी कार्यविधि नै लागू गरेको छ । जुन उनका लागि होइन भन्ने जस्तो भएको छ । उनी रवि लामिछानेका सुरक्षा सल्लाहकार समेत रहेका छविलाल जोशी (बन्जाडे)का नातेदार हुन भने एमालेका नेताहरुसँग पनि उनको सम्बन्ध रहेका कारण उनी दुवैतिर धाइरहेको स्रोतले जनाएको छ ।
यता कमजोर कमान्ड भएको मानिने एसएसपी कृष्ण ढकाल, मनिस थापा पनि तालिमकेन्द्र जानको लागि लबिङमा छन् । अर्का बदनाम पात्र कानुनका एसएसपी युवराज अर्याल आफुबिना संगठन नै नचल्ने जसरी प्रधान कार्यालयमा अन्य प्रहरीहरुलाई अनावश्यक मुद्धा लगाईदिने भन्दै धम्की दिएर बस्ने गरेका छन् । उनको हर्कत देखेर मुख्यालयमा हुटिट्याउले आकाश थामेको भन्दै हाँसो हुने गरेको छ । अर्का बदनाम पात्र एसएसपी होम ज्ञवालीका कारण संगठनको बेइज्जत हुने गरेको छ ।
तत्कालीन आईजीपी कोषराज वन्तले रोपेको बिषको बिरुवा जस्तै भएको एक महिने लेखा तालिम गरेर छुट्टै समूह बनाएका उनीहरुको गुटको कारण चेन अफ कमान्ड र फौजी संस्कार भताभुङ्ग भएको छ । सि सं. ३ का डीएसपी मै थन्किरहँदा चोर बाटोबाट बनेको समुहका कारण अहिले सिसं. ४ का केही एसपीलाई सिसं. ३ का डीएसपीले सलाम गर्नुपर्ने अवस्था आएको छ । जसका कारण मुख्यालयमा हुने औपचारिक कार्यक्रममा ती दुई टोली भेट भएपनि एकअर्कालाई नदेखेको जस्तो गरेर हिड्ने गर्छन् ।
यता फिल्डमा कमजोर मानिएका एसपी टोपबहादुर डागीलाई बारा जिल्लाको जिम्मेवारी दिइएको छ । उनले केही अघि झुठो रिपोर्ट दिएर तीनजना एसपीलाई मुख्यालय तानेका थिए । गत बर्ष कमाउ अड्डा नपाएपछि अनेक बहाना बनाएर कमान्ड नगएका एसपी समिक महर्जन अहिले कार्यदल गणमा भने सेटिङमा जान सफल भएका छ्न् ।
प्रधानमन्त्री प्रचण्डसँग गोरु बेचेको साइनो समेत नभएका तर खुमलटारको खोक्रो धाक दिएर र फेसबुकमा लेखेर संगठनलाई तर्साउंदै आएका अर्का बदनाम पात्र डीएसपी दर्शन गिरि सोही गणमा कार्यरत छ्न् । खुमलटार गएर लम्पसार पर्दा समेर एसपी हुन नपाएको रिस उनले मातहत कर्मचारीलाई देखाउँदा सो गणमा कार्यरत तल्ला तहका कर्मचारीमाथि उनको ज्यादती बढेको श्रोत बताउछ । यता भुकम्पले चर्काएको घर सेटिङ मिलाउँदै करोडौंमा बेचेर स्वयम्भूमा आलिसान बंगला बनाएका लेखाका डीएसपी महेन्द्र हमालको आम्दानीको स्रोत के हो भन्ने छानविनको माग उठेको छ । सिपाहीमा जागिर खाएका उनी धन्दाकै कारण अकुत कमाउन सफल भएको बताइन्छ ।
डीएसपी गणेश मल्ल बिगत ५ बर्षदेखि केन्द्रीय लेखामा धन्दा चलाउन व्यस्त छन् । अब उनको सेटिङमा केन्द्रिय लेखामै एसपी सुरेश खतिवडा समेत जोडिएका छन् । बर्षौं केन्द्रिय लेखामा अड्डा जमाएका सई लक्ष्मण पौडेलले पनि त्यही लेखाको बदमासीबाट कमाएर हलचोक नजिक बंगला बनाएका छन् । यी बदनाम पात्रको आम्दानीको स्रोत के हो भनेर खोज्नुपर्ने भएको स्रोतको दाबी छ । एउटै दर्जा भएपनि लेखामा काम गर्नेलाई राजा जस्तो मान्ने प्रवृत्ति सशस्त्रमा पुरानै हो । एउटा सईलाई ओइ भनेर बोलाउने गणपति लेखाको सईलाई एकाउन्टेन्ट साब भनेर बोलाउछन । हलचोकमा बर्षौं डेरा जमाएका यस्ता साबहरुलाई कसैले हल्लाउन सक्दैन ।
यता जतिसुकै सरुवा नीति बनाए पनि केही ब्यक्ति १५ बर्ष देखि मुख्यालयमा डेरा जमाउन सफल भएका छन् । विदेश तालिम शाखाका डीएसपी मणिकर्ण राई , अनुगमनको नाममा मातहतका कार्यालयमा आतंक मच्चाउने डीएसपी सुदिप रेग्मी, ल्यापटपमा सचिवालय चलाउने डीएसपी बिनोद कार्की ,उमेश थापा, इन्सपेक्टर गोबिन्द कार्की, प्रदिप बुढाथोकी, भर्ना शाखाका इन्सपेक्टर श्याम खकुरेल आदिले हालसम्म इमान देखिएका आईजीपी अर्याललाई बद्नाम गराउने कोशिस गरिरहेका छन् ।
यी व्यक्तिमध्ये कतिपय १५ बर्षदेखि मुख्यालयमा छन् । यता सवारी शाखाका एसएसपी प्रमोद साहका कारण करिब आधा दर्जन नयाँ बस कबाडी बन्ने हालतमा छन् । खुल्ला आकाश मुनि राखिएका ती नयाँ गाडीलाई जस्ताको छानो समेत नहालिएको अवस्थामा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरखाको साम्दोमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट 'बिओपी' स्थापना
जेठ १५, २०८१ मंगलबार
गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना
जेठ १४, २०८१ सोमबार
सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको स्वागत तथा सम्मान
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
उद्योग मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट
जेठ १५, २०८१ मंगलबार
गणतन्त्र दिवसका अवसरमा सांस्कृतिक नृत्य प्रस्तुत
जेठ १५, २०८१ मंगलबार
जहाँ बत्ती बलेपछि मात्र विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पूजा गरिन्छ
जेठ १५, २०८१ मंगलबार
चालु आवको आय-व्ययको अनुमान दोस्रोपटक संशोधन
जेठ १५, २०८१ मंगलबार
आगामी आवमा १६ लाख पर्यटन भित्र्याउने लक्ष्य
जेठ १५, २०८१ मंगलबार