विश्वको अर्थतन्त्र यो वर्ष लयमा फर्कने अवस्था छैनः मुद्रा कोष
नेपालबहस संवाददाता
माघ १७, २०७९ मंगलबार २१:३६:७
१७ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सावधानी नअपनाइए यो वर्ष विश्वभर आर्थिक मन्दीले सताउने चेतावनी दिएको छ । विश्व बैंकको भन्दा दोब्बर आर्थिक बृद्धिदर हुने सम्भावना देखाएपनि कोषले विश्व बजारमा मुद्रास्फीतिदर उच्च रहने जनाएको छ । उसले सन् २०२३ मा विश्वभर अर्थतन्त्र मन्दीमा आउने र यसको असर न्युन आए र रोजगारीमा पर्ने जनाएको छ ।
कोषले सन् २०२३ मा विश्वको आर्थिक बृद्धिदर २.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यसअघि विश्व बैंकले यो दर १.७ प्रतिशत मात्र हुने अनुमान गरेको थियो । त्योभन्दा आईएमएफको प्रक्षेपण आसावादी छ । आईएमएफका अनुसार यस वर्ष मन्दीमा जाने अर्थतन्त्र आगामी वर्ष सन् २०२४ मा भने ३.१ प्रतिशत वृद्धिदर प्राप्त हुने अनुमान गरेको छ । सन् २०२२ मा यो दर ३.४ प्रतिशत रहेको थियो ।
आइएमएफको प्रक्षेपणमा २०२३ मा विश्व मुद्रास्फीतिदर ६ दशमलव ६ प्रतिशत रहने भनिएको छ । वल्र्ड इकोनोमिक आउटलुक अपडेट प्रतिवेदन सार्वजनिक गर्दै आईएमएफले सन् २०२२ मा जस्तै यसवर्ष पनि विश्व मुद्रास्फीतिदर उच्च रहँदा त्यसको असर आर्थिक वृद्धिदरमा पर्ने जनाएको छ । सन् २०२२ मा ८ दशमलव ८ प्रतिशत रहेको विश्व मुद्रास्फीतिदर सन् २०२३ मा ६ दशमलव ६ प्रतिशत र सन् २०२४ मा ४ दशमलव ३ प्रतिशत रहने प्रक्षेपण मुद्रा कोषको छ ।
विश्वका ८४ प्रतिशत देशमा उच्च मुद्रास्फीतिको असर त्यहाँको अर्थतन्त्रमा देखिने मुद्रा कोषको अनुमान छ । अस्तव्यस्त आपूर्ति, महंगो उत्पादन लागत, ऊर्जा तथा खाद्य संकटलगायतका कारण नागरिकको जीवन निर्वाह खर्च बढ्ने ठानिएको छ । रुस–युक्रेन तनाव र कोभिड महामारीपछि सुस्ताएको विश्व अर्थतन्त्र लयमा फर्कन नसक्दा त्यसको प्रभाव देखिएको आईएमएफले प्रतिवेदनमा उल्लेख गरेको छ ।
कोभिड महामारी सुरु हुनुअघि सन् २०१७ देखि २०१९ सम्ममा विश्व मुद्रास्फीतिदर औसत ३ दशमलव ५ प्रतिशत बराबर मात्रै थियो । तर पछिल्ला वर्षहरुमा यस्तो वृद्धिदर बढ्दै गएर सन् २०२२ मा ९ दशमलव ९ प्रतिशतसम्म पुगेको छ । चर्को मुद्रास्फीतिबाट सानो अर्थतन्त्र, न्यून आय भएका र विकासोन्मुख देशहरु बढी प्रभावित हुने आईएमएफले जनाएको छ । ठूलो अर्थतन्त्र भएका र विकसित मुलुकहरुमा सन् २०२२ मा औसत ७ दशमलव ३ प्रतिशतसम्म पुगेको मुद्रास्फीति सन् २०२३ मा ४ दशमलव ६ प्रतिशत रहने अनुमान छ ।
उदाउँदो अर्थतन्त्र र विकासशील मुलुकहरुमा सन् २०२२ मा ९ दशमलव ९ प्रतिशतसम्म पुगेको मुद्रास्फीतिदर सन् २०२३ मा ८ दशमलव १ प्रतिशत रहने प्रक्षेपण छ । न्यून आय भएका र कम विकसित मुलुकहरुमा सन् २०२२ मा १४ दशमलव २ प्रतिशतसम्म पुगेको मुद्रास्फीतिदर ८ दशमलव ८ प्रतिशत रहने अनुमान गरिएको छ । चरम मुद्रास्फीतिको नकारात्मक प्रभाव विश्व आर्थिक वृद्धिदरमा प्रत्यक्ष रुपमा देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार