केही गर्दा पनि राजश्व परिचालनमा सुधार आएनः अर्थमन्त्री
नेपालबहस संवाददाता
माघ १७, २०७९ मंगलबार २२:९:२३
१७ माघ, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले राजश्व परिचालनमा समस्या आएको बताएका छन् । उनले धेरै प्रयास गर्दा पनि सुधार ल्याउन नसक्दा चालु आर्थिक वर्षमा राजश्व परिचालनमा सरकार धेरै पछाडि परेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा नवनिर्मित इनर्जी ल्याव भवनको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले गत आवको तुलनामा राजश्व परिचालनकाे दर निकै कम रहेको बताए ।
उनले सरकारको पुँजीगत खर्च निकै निराशाजनक रहेको बताए । आर्थिक वर्षको आधा समय सकिदासमेत पुँजीगत खर्च १५ प्रतिशत पनि नपुगेको बताए । गत वर्षको यही समयमा योभन्दा राम्रो पूँजीगत खर्च भएको थियो । उनले यही अवस्थाबाट सुधार गर्ने अपेक्षा राखेर अनेक प्रयास गर्दा पनि सम्भव नभएको बताए । अहलिेको खर्चको अवस्था हेर्दा आगामी वर्षको बजेट कसरी निर्माण गर्ने भन्ने चिन्तामा आफु रहेको भन्दै समग्र अर्थ क्षेत्रमा नै चुनौती नै चुनौती रहेको गुनासो गरे ।
उनले ब्याजदर, महँगी ग्राहिस्थति, विदेशी मुद्रास्फीति, टे«ड ब्योलेन्सको असन्तुलन जस्ता विषयले पनि आर्थिक अवस्था चुनौतीपूर्ण रहेको दवाव कम गर्ने प्रयास भइरहेको बताए । सरकार सामू आर्थिक क्षेत्र सकारात्मक बाउने चुनौती रहेकाले यसलाई सामना गर्दै गतिशील र विकसित आर्थिक अवस्था बनाउने अभियानमा सरोकारवालाले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
मन्त्रालयहरूको तीन-तीन महिनाको प्रगति समीक्षा हुन्छ । योजना आयोग, प्रधानमन्त्री कार्यालयदेखि सबै निकायमा संयन्त्र छन् । ती संयन्त्रले तोकिएको समयमा आयोजनाहरूको समीक्षा नगर्दा पनि पुँजीगत खर्च कम भइरहेको छ । उनले विकासमा योजना तर्जुमा र योजना कार्यान्वयनबीचको उचित तालमेल नमिल्दा पूँजीगत खर्चमा ठूलो गिरावट आइरहेको बताए । समयमा आयोजना कार्यान्वयनमा नजाँदा वा कार्यान्वयनमा गएको आयोजना तोकिएको समयमा पूरा नहुँदा समय मात्रै बर्बाद भइरहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार