होटल सञ्चालन गरेर मनग्य आम्दानी

नेपालबहस संवाददाता
माघ १७, २०७९ मंगलबार २२:१६:१७

१७ माघ, बनेपा । होटल सञ्चालन गरेर नमुनफेदीका वुद्धबहादुर लोप्चन ‘सुमन’ले मनग्य आम्दानी गर्दै आएका छन । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ च्याम्राङबँेशीका सुमनले ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका–५ चन्दनपुरको सिमाना नमुनफेदीमा खाना र खाजा होटल चलाएर आम्दानी गर्दै आएका छन ।
सो ठाउँमा कच्ची मोटरबाटो खोलेपछि लामो दूरीका यात्रुको आराम गर्ने र खाना खाने केन्द्रको रुपमा नमुनफेदी बनेपछि विगत पाँच वर्षदेखि उनले सो व्यवसाय सञ्चालन गर्दै आएका हुन । व्यवसायबाट अहिले मासिक एकदेखि डेढलाखसम्मको आम्दानी भइरहेको उनले बताए ।
परिवार बाहेक उनले थप एक स्थानीयलाई रोजगारी दिएका छन। होटलमा काम गर्दै आएका दीपक हुँमागार्इंले होटल सञ्चालन भएर राम्रो चल्न थालेपछि आफूले काम गर्दै आएको बताए ।
दैनिक सय बढी ग्राहक आउने गरेका बताउने उनले सिजनमा दुई सय भन्दा बढी हुने बताउछन । बनेपाबाट ठूलादुर्लुङ तालढुङ्गा जाने यात्रुबस र त्यस आसपासमा चल्ने दैनिक चार वटा यात्रुबाहक बस त्यस क्षेत्रमा चल्ने भएको कारण टाढाका यात्रा गर्नेहरु त्यही क्षेत्रमा खाना र खाजा खाने गर्छन् ।
पाँच वर्ष मलेसिया बसेर फर्किएका हुँमागाईंले गाउँमा नै फर्केपछि दुई वर्षदेखि काम गर्न थालेको बताए । “नजिकै भएकोले घरको काम भ्याएर यहाँ काम गर्छु”, उनले भने, “घर आँगनमा नै काम गर्न पाएर मासिक चालीस हजार कमाउन पाउँदा खुसी छु ।” मोटरबाटो चलेपछि रोजगारीको लागि बनेपा र काठमाडाैं धाउनुपर्ने बाध्यता हटेर गाउँमा नै रोजगारी सिर्जना भएको उनको भनाइ छ ।
नियमित रुपमा यातायातका साधन सञ्चालन भएपछि बस्तीसमेत विस्तार हुन थालेको स्थानीय बासिन्दा बताउँछन् । पछिल्लो समयमा हिउँदमा सो ठाउँ भएर तालढुङ्गा, हेटौँडा, मकवानपुरको राईगाउँ, फापरबारी, ललितपुरको गिम्दी, काठमाडौं लगायतका ठाउँबाट यहाँका खोलामा पौडी खेल्ने तथा माछा मार्न विभिन्न ठाउँबाट मानिस यहाँ आउने गर्छन् ।
“दिनभर माछा मार्ने, पौडी खेल्ने गरी आफैले ओढ्ने ओछ्याउने ल्याएर यहाँ आउनेको भीड नै हुन्छ”, होटल सञ्चालक लोप्चनले भने,“यस ठाउँमा कच्ची नै भए पनि मोटरबाटो सञ्चालनमा आएपछि होटल व्यवसाय राम्रो चलेको छ ।” सो ठाउँमा खाना र बास बस्नको समेत व्यवस्था रहेकाले टाढाबाट दुर्लुङ खोलामा रमाइलो गर्न आउनेको लर्को लाग्ने गरेको उनले बताए । सो ठाउँमा मोटरबाटो जोडिदिएपछि सबै ठाउँको केन्द्र पर्ने भएकाले आफूले होटल व्यवसाय सुरु गरेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुरमा मट्का बिर्यानीको हव वन्दै ओल्ड टाउन रेष्टुरेन्ट
फागुन १, २०८१ बिहिबार
होटल बराही काठमाडौंलाई ‘टफ्ट टाइगर’द्वारा इको फुटप्रिन्ट प्रमाणपत्र
माघ ६, २०८१ आइतबार
पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता
माघ २, २०८१ बुधबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
फागुन ८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी बढुवामा सकसः शक्ति केन्द्रको दवावमा जुनियर हावी, अलमलियो बढुवा समिति
फागुन ८, २०८१ बिहिबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
फागुन ८, २०८१ बिहिबार
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गरिने
फागुन ८, २०८१ बिहिबार
पृतनापति समन्वयात्मक बैठक सुरु
फागुन ८, २०८१ बिहिबार
संविधानलाई असफल पार्ने छुट कसैलाई छैनः गृहमन्त्री लेखक
फागुन ८, २०८१ बिहिबार
फोर नेसन्स च्याम्पियनसिपः लेबनानलाई हराउँदै फाइनलमा नेपाल
फागुन ८, २०८१ बिहिबार
रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने
फागुन ८, २०८१ बिहिबार
मुलुकमै केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नु आवश्यक छः अध्यक्ष प्रचण्ड
फागुन ८, २०८१ बिहिबार
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गरिने
फागुन ८, २०८१ बिहिबार
पृतनापति समन्वयात्मक बैठक सुरु
फागुन ८, २०८१ बिहिबार
संविधानलाई असफल पार्ने छुट कसैलाई छैनः गृहमन्त्री लेखक
फागुन ८, २०८१ बिहिबार
फोर नेसन्स च्याम्पियनसिपः लेबनानलाई हराउँदै फाइनलमा नेपाल
फागुन ८, २०८१ बिहिबार
रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने
फागुन ८, २०८१ बिहिबार
मुलुकमै केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नु आवश्यक छः अध्यक्ष प्रचण्ड
फागुन ८, २०८१ बिहिबार
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गरिने
फागुन ८, २०८१ बिहिबार
पृतनापति समन्वयात्मक बैठक सुरु
फागुन ८, २०८१ बिहिबार
संविधानलाई असफल पार्ने छुट कसैलाई छैनः गृहमन्त्री लेखक
फागुन ८, २०८१ बिहिबार
फोर नेसन्स च्याम्पियनसिपः लेबनानलाई हराउँदै फाइनलमा नेपाल
फागुन ८, २०८१ बिहिबार