रवि लामिछानेविरुद्ध राहदानीसम्बन्धी उजुरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार
नेपालबहस संवाददाता
माघ १७, २०७९ मंगलबार २२:३९:१९
१७ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राहदानीमाथि अनुसन्धान गर्न जाहेरी दरखास्त दर्ता गर्न काठमाडौं प्रहरी परिसरले अस्वीकार गरेको छ ।
निष्क्रिय भएको नागरिकताका आधारमा राहदानी लिएर अधिकार दुरपयोग गरेको भन्दै युवराज पौडेल ‘सफल’ जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका थिए ।
लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले संक्षिप्त फैसला दिइसकेको र फैसलाको पूर्णपाठ नआइसकेकाे जनाउँदै जाहेरी दर्ता नगरिएको हो ।
लामिछानेले अमेरिकी नागरिक रहेकै बेला नेपाल आएर बस्दा नेपालको पुरानो नागरिकता प्रयोग गरेर १२ जेठ २०७२ मा नेपाली पासपोर्ट लिएका थिए । सर्वोच्च अदालतले शुक्रबारको फैसलामा उक्त नागरिकता २०७० मै खारेज भइसकेको संक्षिप्त फैसालामा उल्लेख थियो । सोही आधारमा उनको सांसद र गृहमन्त्री पद गुमेको हो ।
सफलले भने लामिछानेले झुटो विवरण दिई राहदानी लिएकाले तत्काल पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानुन बमोजिम मुद्दा चलाउनुपर्ने माग गर्दै आएका छन् । सर्वोच्चमा नागरिकतासम्बन्धी मुद्दा दर्तामा पनि पौडेल सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार