राजदूत सोङले किन बढाइरहेका छन राजनीतिक सक्रियता ?
नेपालबहस संवाददाता
माघ १७, २०७९ मंगलबार २२:४५:५८
१७ माघ, काठमाडौं । सत्ता समीकरणमा उतवचढाव आइरहेका बेला नेपालका लागि चिनियाँ राजदूत चेन सोङले उच्च पदस्थहरुसँग राजनीतिक भेटघाट तिब्र बनाएका छन् । नेपाल आएर ओहोदाको प्रमाणपत्र पेस गरेपछि एक सातामै सोङले राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै विपक्षी दलका नेतालाई भेटेर चीन सरकारको सन्देश सुनाएका छन् ।
पछिल्लो समय उच्चस्तरीय भेटघाट र नेपालमा बढिरहेका राजनीतिक घटना क्रमललाई लिए उनका विषयमा विभिन्न चर्चाससमेत हुन थालेका छन् । सोङले हतारमा गरिरहेको भेटघाटलाई राजनीति बृतमा अर्थपूर्ण मानिएको छ । सरकारको समीकरणमा आउनसक्ने दरारलाई कम गर्न उनले भेटघाट बढाएको बताइएको छ । नेपालमा कम्युनिष्ट सरकार वा पार्टीभित्र कुनै विवाद उत्पन्न हुँदा चिनियाँ राजदूतको सक्रियता बढ्ने गरेको पाइन्छ ।
अहिले नेपालमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार छ । सरकार बनेको महिनादिन नवित्दै सत्ता गठबन्धनमा विभिन्न शंका उपशंकाहरु उब्जिन थालेका छन् । गृहमन्त्रीको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीबीच विवाद आइरहेको छ उसले गृहमन्त्री नपाए सरकारमा नबस्नेसम्मको चेतावनी दिएको छ ।
नेपाल आएपछि राजदूत सोङले दुई सातामा आठ उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् । गत पुस २४ मा पदभार ग्रहणका लागि काठमाडौं आएका उनले गत २९ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । यस लगत्तै उनले उच्चस्तरीय राजनीतिक भेटवार्तालाई तीव्रता दिएका हुन् । राजदूतको कार्यभार सम्हाल्न आएको एक सातापछि २ माघमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए ।
यसपछि उनले ४ माघमा प्रमुख सत्तासाझेदार दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरे । सो भेटमा दुई देश सरकार र पार्टीबीचको सम्बन्धमा विषयमा कुराकानी भएको चिनियाँ दूतावासले जनाएको थियो र चीन सरकारले वर्तमान सरकार पठाएको गोप्य सन्देश लिएर सोङ प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीकासमक्ष पुगेका थिए । एमाले अध्यक्ष ओलीलाई भेटेको दुई दिनपछि ६ माघमा राजदूत सोङले कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए ।
यसपछि उनले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई एकैदिन भेटेका थिए । उक्त भेटमा द्विपक्षीय सम्बन्धबारेमा विषयमा कुराकानी भएको जानकारी दिइएको थियो । देउवा, पौडेल र राईसँगको भेटेको एक सातापछि १५ माघमा राजदूत सोङले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका थिए ।
यसपछि १७ माघमा राजदूत सोङले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटेका छन् । उनको यो भेटघाट निकै हतारमा भएको देखिन्छ । सामान्य तया कुनै पनि देशका राजदूतले यसरी उच्चतहका नेताहरुलाई लगातार भेटेको यो पहिलो पल्ट हो । निर्वाचन लगत्तै पनि कम्युनिष्ट गठबन्धन बनाउन चीनले राजदुतमार्फत प्रयार गरेको थियो । अहिले सत्ता गठबन्धन विवादमा आउन थालेपछि नेपालका लागि चिनियाँ राजदूत सोङको भेटघाट बाक्लिएको छ ।
मंगलबार भएको सो भेटमा मन्त्री भण्डारीले ताक्लाकोट, तिंकरलगायतका देशका पश्चिमी उत्तरी नाका खुलाउने विषयमा राजदूतको ध्यानाकर्षण गराएको बताइएको छ । जवाफमा राजदूत सोङले उत्तरी पश्चिमी नाका खोल्ने र निर्माणाधीन पाँच सुक्खा बन्दरगाहका विषयमा चीन सरकार सकारात्मक रहेको बताएका थिए । कार्यभार सम्हालेसँगै भएको राजदूत सोङको भेटवार्तालाई यतिबेला शिष्टाचार भटघाटको नाम दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार