पोखरा-बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर काम गरिने
नेपालबहस संवाददाता
माघ १७, २०७९ मंगलबार २३:२६:१३
१७ माघ, कास्की । पोखरा—बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर सडक स्तरोन्नितको काम गरिने भएको छ । पुष्पलाल ‘मध्यपहाडी’ राजमार्ग आयोजनाले सो सडक खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको हो ।
आयोजनाका अनुसार प्रत्येक दिन विहान ११ः०० बजेदेखी १५ः०० बजेसम्म र बेलुका २१ः०० बजेदेखी विहान १ः०० बजेसम्म सवारी साधनलाई रोकेर आयोजनाको कामलाई तिब्रता दिइनेछ । रोकिएका सवारी साधनलाई आधा घण्टाको फरकमा सञ्चालनको व्यवस्था मिलाइएको छ । पोखरा—बाग्लुङ राजमार्ग अन्तर्गत हाल पोखराको हरिचोकदेखी याम्दीपुलसम्मको सडक स्तरोन्नितको काम भइरहेको हो । सो खण्डको निर्माणका लागि मोतिदान कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको छ ।
चौवारीबाट ५० मिटर अगाडि हेमजातर्फ भीरको उचाई धेरै भएकाले भीर कटान कार्य भइरहेकाले सडक सुरक्षालाई ध्यानमा राखेर यातायात सञ्चालनमा रोक लगाइएको र आधा÷आधा घण्टामा रोकिएका सवारी साधन छुट्ने व्यवस्था मिलाइएको मध्यपहाडी ‘पुष्पलाल’ राजमार्ग योजना कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले बताए ।
उनले भने,“आयोजनाको कामलाई तीव्रता दिन यातायातका साधन रोकेर काम गर्नेछौँ । सवारी साधनहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न समेत आग्रह गरेका छौँ ।”
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले रोकिने सवारी साधनहरुले साधन रोक्दा र चलाउँदा कडाईका साथ आफ्नो लेन अनुसाशन कायम राख्न र सवारी साधन लामवद्ध भएको अवस्थामा ओभरटेक नगर्न आग्रह गरेको छ ।
जौवारीतर्फबाट जाने सवारी साधनलाई सिमपानीचोक—बगर— शिक्षा कार्यालय—केआइसिँह पुल—दीप हाउजिङ हुँदै नयाँपुल र हलुका सवारी साधनलाई विन्ध्यवासिनीचोक—सराङकोट—कास्कीकोट हुँदै नौडाँडाको बाटो प्रयोग गर्ने व्यवस्था गरिएको छ ।
यसैगरी हेमजातर्फबाट आउने सवारी साधनहरु जौवारीपुल—दीप हुँदै सिमपानी र दोस्रो विकल्पमा नौँडाँडा—कास्कीकोट—सराङकोट हुँदै विन्ध्यवासिनीचोकको सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार