शिवराजले हेरचाह र पालनपोषणको जिम्मा लिएपछि निहारिकाले लिइन् मुद्दा फिर्ता
नेपालबहस संवाददाता
माघ १७, २०७९ मंगलबार २३:४३:४
१७ माघ, काठमाडौं । आफूमाथि बलात्कार गरेर बच्चा जन्मिएको तर जिल्ला अदालतले सफाइ दिएको भन्दै कारबाहीका लागि उच्च अदालतमा पुनरावेदनको मुद्दा लडिरहेकी निहारिका राजपूत भनिने सोनाली सिंंह ठकुरी र शिवराज श्रेष्ठबीच पति पत्नीको रुपमा मिलापत्र भएको छ ।
यसअघि घरायसीमा तवरमा पति पत्नीको रुपमा बस्दै आएपनि अढाई वर्षकाे छोरा विआन र आफूलाई हेरचाह र पाालनपोण नगरेको भन्दै धनुषा जिल्ला अदालतमा अंश मुद्दा दर्ता गराएकी थिइन् ।
दताएपछि भएको छलफलमा दुवै जना पति पत्नी भएर बस्न तयार भएपछि निहारिकाले अंश मुद्दा फिर्ता लिएकी हुन् । उनीहरुबीच सोमबार मिलापत्र भएपछि जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले मुद्दा मिलापत्रमा टुंगिएको र मुद्दा दर्ताको अदालती शुल्कमा २५ प्रतिशत कट्टा गरी वादी निहारिकालाई ७५० रुपैयाँ फिर्ता गर्न आदेश दिएको थियो ।
सुरुमा निहारिकाले शिवराजविरुद्ध जिल्ला अदालत धनुषामा दायर गरेको बलात्कारको मुद्दामा दुई जनाबीच प्रेमसम्बन्ध रहेको र प्रेमसम्बन्धमा समयमा भएको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी भनी मान्न नमिल्ने भन्दै शिवराजलाई सफाइ दिएको थियो ।
उक्त आदेश बदरको माग गर्दै उच्च अदालत जनकपुरमा रिट हालेकी थिइन् । जुन विचराधीन अवस्थामा छ । मिलापत्रसँगै उनीहरुबीच दाम्पत्य सम्बन्ध कायम भएको छ । यसअघिसम्म शिवराजले बच्चा आफूबाट जन्म नभएको जिकिर गर्दै आएका थिए । पछि निहारिकाले बच्चा र शिवराजको डीएनए परीक्षणको माग गर्दै काठमाडौंमा आएर धर्ना बसेकी थिइन् । धर्नापछि पनि माग सुनुवाई नभएको भन्दै उनले आत्मदाहको प्रयास गरिन् ।
त्यस घटनापछि सरकारले डीएनए परीक्षणको व्यवस्था मिलाउन सरकारी वकिलको कार्यालयलाई निर्देशन दियो । निर्देशनपछि गरिएको परीक्षणमा बच्चा विआन र शिवराजको डीएनए मिलेको थियो । त्यसपछि पनि शिवराजले श्रीमती र बच्चालाई हेरचाह गर्न छाडेपछि निहारिका अंश पाउन मुद्दा लिएर जिल्ला अदालत पुगेकी हुन् ।
निहारिकाको माइत महोत्तरीको जलेश्वर नगरपालिका–९ हो भने शिवराज धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ का हुन् । दुवै जनाको उमेर २३ वर्ष रहेको छ । छोरा विआनको जन्म २०७७ भदौ ५ मा भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुप्रिम सहकारी ठगीमा बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर छुटे रवि
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार