रास्वपाका सभापति लामिछानेबिरुद्ध अध्यागमनमा पर्यो उजुरी
नेपालबहस संवाददाता
माघ १७, २०७९ बुधबार १:२४:२६
१७ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिरुद्ध अध्यागमन विभागमा उजुरी दर्ता भएको छ । उनीबिरुद्ध विदेशी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकको रुपमा नेपाली पासपोर्ट लिएको भन्दै उजुरी परेको हो । अध्यागमन ऐन अनुसार कारवाहीको माग गर्दै मंगलबार युवराज पौडेलले नेता लामिछानेविरुद्ध उजुरी दिएको विभागले जनाएको छ ।
अध्यागमन विभागका महानिर्देशलाई सम्बोधन गर्दै दिइएको उजुरीमा लामिछानले आफू अमेरिकी नागरिक भएको बखतमा केवल नेपाली नागरिकले मात्रै प्राप्त गर्नसक्ने नेपाली राहादनी प्राप्त गर्ने जुन कार्य गरेका छन् सो कानुनद्वारा बर्जित र दण्डनीय छ भनिएको छ । उक्त कार्य अध्यागमन ऐनको दफा ५ विपरीत भई दफा १० अन्तर्गत दण्डनीय भएको हुँदा सो ऐनको दफा ८ बमोजिम तत्कालै छानबिन र कारबाही प्रक्रिया अघि बढाउन भनिएको छ ।
पौडेलले दिएको उजुरीमा सर्वोच्च अदालतको संवैधानिक इजलासबाट माघ १३ गतेको फैसला अनुसार लामिछानेमाथि छानबिन गर्ने सम्बन्धमा सम्बन्धित निकायले कसरी छानबिन गरिरहेको छ भन्दै त्यसबारे उजुरीमार्फत् जिज्ञासा राखिएको छ । उजुरीकर्ता पौडेलले नेता लामिछानेले विगतमा प्रयोग गरेका नेपाली र अमेरिकी नागरिकता र राहदानीको प्रतिलिपि समेत पेस गरेको विभागले जनाएको छ ।
उजुरीकर्ता पौडेल र अधिवक्ता रविराज बसौलाको उजुरीकै आधारमा गत माघ १३ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद पद खारेज गरिदिएको थियो । उनले नेपाल नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै उनी सांसद बन्न अयोग्य रहेको ठहर गरेको थियो । त्यसपछि माघ १५ गते नेता लामिछानेले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रक्रिया पूरा गरी नागरिकता पुनः प्राप्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार