पौडेलको भनाइले राजनीतिमा तरंग, देउवा र प्रचण्डलाई पर्यो आपत !
नेपालबहस संवाददाता
माघ १७, २०७९ बुधबार २:२८:१५
१७ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको सत्ता गठबन्धन फुटाउन प्रयास भइरहेको भन्ने भनाइले राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ । उनको भनाइका कारण कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संकटमा परेका छन् । कतिपय कांग्रेस नेताहरुले पौडेलको भनाई नितान्त व्यक्तिगत भएको बताएका छन ।
नेता पौडेलले मंगलबार सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा एमाले नेतृत्वको गठबन्धनबाट फुटाएर फेरी कांग्रेसमा ल्याउन प्रयास भइरहेको भनाई राखेपछि राजनीतिमा तरंग उत्पन्न भएको हो । उनको यो भनाइले सत्ता गठबन्धनमा थप अविश्वास बढेको छ भने प्रधानमन्त्री प्रचण्डले सत्ता सहयात्री दलहरुलाई जवाफ दिनुपर्ने अवस्था ल्याएको छ ।
पौडेलको भनाइले कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्ड दुवै समस्यामा देखिएका छन् । दुई नेताबीच आन्तरिक रुपमा जे जस्ता सहमति भएपनि सभापति देउवाले कांग्रेसले कुनै स्वार्थ नराखि सरकारलाई विश्वासको मत दिएको बताउँदै आएका थिए । नेता पौडेलले एमाले नेतृत्वको गठबन्धनबाट टुटाएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कांग्रेसतिर ल्याउने कोसिस भइरहेको भनाई राखेपछि राष्ट्रपतिका विषयमा प्रधानमन्त्री प्रचण्ड र उनको दलप्रति विस्वस्त हुन नसकेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई थप सशंकित बनाएको छ ।
शहीद सप्ताहको अवसरमा कांग्रेस तनहुँले मंगलबार दमौलीमा गरेको वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका विषयक अन्तरक्रियामा नेता पौडेलले प्रचण्डलाई एमालेसँगको गठबन्धन टुटाएर आफूतिर ल्याउन कांग्रेसले जोड गरिरहेको भनाई राखेका हुन् । उनले अहिले कांग्रेसको मुख्य ध्यान राष्ट्रपति प्राप्ति भएको भन्दै अहिले कांग्रेसको प्रयास सत्ता गठबन्धनबाट प्रचण्डलाई अलग गर्नु रहेको बताए । गृह मन्त्रालयलाई लिएर गठबन्धन यतिबेला तनावमा छ ।
प्रधानमन्त्री प्रचण्डले विभिन्न कानुनी समस्या देखाउँदै रास्वपालाई गृह मन्त्रालय दिन नसकिने भनेपछि उसले सरकारलाई दिएको समर्थन फिर्ता लिने अडकल गरिएको छ । फागुन २५ मा राष्ट्रपति निर्वाचनको मिति पनि तय भइसकेको छ । यसै विषयलाई लिएर अप्ठ्यारो पर्ने अवस्था आएमा प्रधानमन्त्रीले कांग्रेसले हतार गरेका कारण राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति जुट्न नसकेको भन्ने सम्भावना बढेको नेताहरुको बुझाइ छ । एमालेले सत्ता गठबन्धनभित्रको सहमतिअनुसार आफ्नो दलले राष्ट्रपति पाउने बताउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार