अमेरिकी डलर बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच
नेपालबहस संवाददाता
माघ १८, २०७९ बुधबार १६:७:२५
१८ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ। बुधबार अमेरिकी डलरको मूल्यमा ६८ पैसाले वृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ३८ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको खरिददर १३० रूपैयाँ १० पैसा र बिक्रीदर १३० रूपैयाँ ७० पैसामा कारोबार भएको थियो।
आज युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ ५४ पैसा र बिक्रीमा १४२ रूपैयाँ १९ पैसा कायम गरिएको छ। अघिल्लो दिन यसको खरिदमा १४१ रूपैयाँ ९४ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५९ पैसामा कारोबार भएको थियो ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङको मूल्य घटेको छ । आज यसको खरिददर १६१ रूपैयाँ ५ पैसा र बिक्रीदर १६१ रूपैयाँ ७९ पैसा तोकिएको छ। यसअघि मंगलबार यसको खरिददर १६१ रूपैयाँ ५१ पैसा र बिक्रीदर १६२ रूपैयाँ २५ पैसा तोकीएको थियो ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको भाउ ८९ पैसाले घटेको छ । बुधबार यसको खरिद मूल्य ९१ रूपैयाँ ४१ पैसा र बिक्रीमा ९१ रूपैयाँ ८३ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिदमूल्य ९२ रूपैयाँ २९ पैसा र बिक्रीमा ९२ रूपैयाँ ७२ पैसामा कारोबार भएको थियो । क्यानेडियन डलर एकको खरिदमा भने ९ पैसा घटेर यसको खरिददर ९७ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९८ रूपैयाँ १३ पैसामा पाइन्छ।
बुधबार कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रूपैयाँ तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८३ पैसामा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार ३० रूपैयाँ ६६ पैसा र बिक्रीमा ३० रूपैयाँ ८० पैसा पाइन्छ।
आज कुवेती दिनार एकको खरिदमा ४२८ रूपैयाँ १३ पैसा र बिक्रीमा ४३० रूपैयाँ ९ पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४६ रूपैयाँ ८९ पैसा र बिक्रीदर ३४८ रूपैयाँ ४८ पैसा तोकिएको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार