कार्यविभाजन नमिल्दा माओवादीको स्थायी कमिटी बैठक स्थगित
नेपालबहस संवाददाता
माघ १८, २०७९ बुधबार १६:२३:४५
१८ माघ, काठमाडौं । नेताहरुको कार्यविभाजनमा सहमति जुटाउन कठिन हुने देखिएपछि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरी स्थगित भएको छ । नेताहरुको कार्यविभाजन मिलाएर बैठक बस्ने भन्दै लगातार मिति सर्दै आएको थियो । स्थायी कमिटी स्थगित गर्दै माओवादीले पोलिटव्युरोमा छलफल गर्दै आएको थियो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजका लागि बोलाइएको बैठक स्थगित भएको एक नेताले जानकारी दिए । मंगलबारका लागि बोलाइएको बैठक पार्टीको संगठनसम्बन्धी कार्यविभाजनको काम नसकिएकाले आजका लागि सारिएको थियो । बैठक भोलि बिहान ११ बजे बस्ने उनले बताए । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक पनि स्थगित गर्नु परेको माओवादी केन्द्रले जनाएको छ ।
यसअघि बसेको बैठकले संगठन सुदृढीकरणमा तीन महिने अभियान चलाउने तथा ३० भन्दा बढी बिभागलाई पुर्णता दिने भनेको थियो । सोही अनुसार स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई बिभिन्न बिभागको जिम्मेवारी दिने तयारी थियो । तर, कुन नेतालाई कुन जिम्मेवारी दिने भन्ने विषयमा सहमति हुनसकेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार