कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा बस्न समस्या
नेपालबहस संवाददाता
माघ १८, २०७९ बुधबार १६:३४:४८
१८ माघ, खलङ्गा । जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । चालीस कैदीबन्दीको क्षमता रहेको कारागार हाल ६४ कैदीबन्दी राखिएको छ ।
क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा उनीहरुलाई बस्न समस्या भएको जिल्ला कारागारका जेलर रामराज पन्तले बताए। उनका अनुसार २५ पुरुष र १५ महिला कैदीबन्दी राख्न उक्त कारागार बनाइएको हो । “पच्चीस पुरुष कैदीबन्दी राख्ने ठाउँमा ६१ जना राख्नुपरेको छ”, उनले भने । यस्तै १५ महिला कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल तीन जनामात्रै छन् ।
हाल कारागारमा सबैभन्दा बढी जबरजस्ती करणी मुद्दाका १९ कैदीबन्दी छन् । कर्तव्य ज्यान मुद्दाका १४ पुरुष कैदी रहेको जेलर पन्तले बताए। यस्तै चोरी डकैती मुद्दाका दुई पुरुष, बहुविवाह मुद्दाका एक महिला र एक पुरुष, बालविवाह मुद्दाका एक पुरुष, चोरी मुद्दाका सात कैदी र एक थुनुवा, बन्यजन्तु ओसारपोसारका तीन कैदी र एक बन्दी तथा लागूऔषध मुद्दाका एक कैदी ‘पुरुष’ र एक बन्दी ‘पुरुष’ रहेका प्रमुख पन्तले बताए।
यसैगरी जबरजस्ती करणी, बालविवाह मुद्दाका एक पुरुष कैदी, बहुविवाह मुद्दाका दुई पुरुष र एक महिला, व्यक्ति बेपत्ता मुद्दाका एक महिला र एक पुरुष कैदी र आत्महत्या दुरुत्साहन मुद्दाका एक पुरुष कैदी जेलमा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार
कलायुक्त प्यागोडा शैलीको मन्दिर
पुष ५, २०८१ शुक्रबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपाल बङ्गलादेशसँग पराजित
पुष ५, २०८१ शुक्रबार