अध्यक्ष तिमिल्सिनाले निवास हडपेपछि बासस्थान खोज्दै सभामुख
नेपालबहस संवाददाता
माघ १८, २०७९ बुधबार १७:२३:२७
१८ माघ, काठमाडौं । सरकारले निवास उपलब्ध गराउन नसकेपछि माघ ५ गते निर्वाचित भएका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अहिलेसम्म सरकारी निवास पाउन सकेका छैनन् । उनलाई निवास खोज्न सरकारी संयन्त्र विगत १० दिनदेखि निरन्तर खटिएको छ । निवास उपलब्ध गराउनुपर्ने निकाय शहरी विकास मन्त्रालय हो । तर, उसले अहिलेसम्म सभामुखलाई राख्ने स्थान पाउन सकेको छैन् ।
यसअघिका सभामुख सरकारी निवास बालुवाटारमा बस्दै आएका थिए । घिमिरे पनि सभामुखमा निर्वाचित भएर शपथ लिएपछि उतै जानुपर्ने हो तर, सभामुखका लागि भनेर बनाइएको निवास राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ओगटेर राखेका छन् । वालुवाटारस्थित सभामुखको सरकारी निवास उनले नछाडे पछि नवनियुक्त सभामुख घिमिरेको बासस्थान अझै तय हुन सकेको छैन् ।
बालुवाटारमा प्रधानमन्त्री प्रधानन्यायाधीश र सभामुखको सरकारी निवास छ । तत्कालिन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेपछि उनी बसेको सभामुखको निवासमा अध्यक्ष तिमिल्सिना सरेका थिए । उनी अहिले त्यो निवास छाड्न तयारी छैनन् । सभामुख घिमिरे त्यही निवासमा मात्र बस्ने र अध्यक्ष तिमिल्सिना नछाड्ने अडानमा बसेपछि शहरी विकास मन्त्रालय तनावमा परेको छ । सभामुखका लागि कतै भवन भेटिएको छैन् ।
यसअघिका सभामुख अग्नि सापकोटा चयन भएर आउँदा पनि पुरानो सभामुख निवासवाट तिमिल्सिना नहटे पछि सापकोटालाई लैनचौरमा नयाँ भवन खोजेर व्यवस्थापन गरिएको थियो । तर, अहिले सभामुख चयन भएर आएका घिमिरेले पुरानै सभामुख निवास खोजेर लैनचौर जान मानिरहेका छैनन, जसका कारण सहरी विकास मन्त्रालयलाई सभामुखको नयाँ भवन तयार पार्न समस्या परिरहेको छ ।
शहरी विकास मन्त्रालयका एक कर्मचारीले भने, ‘पुरानो सभामुख निवासवाट राष्ट्रियसभा अध्यक्ष सर्न मान्नु हुन्न, लैनचौरमा सभामुखज्यूले जान्न भन्नु भा छ, अब नयाँ भवन कहाँ खोज्ने ? छलफल गरिहेका छौ, निवास खोज्ने काम पनि भइरहेको छ । जहाँ पायो त्यहाँ निवास मिलाउन पनि भएन । नयाँ संसद भवन पनि बनिसकेको छैन । यद्यपी सभामुख घिमिरेलाई नयाँ बास स्थानको व्यवस्थापन मन्त्रालय लागिरहेको छ । हेरौँ कहिले मिल्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक
मंसिर १२, २०८१ बुधबार
फापरखेतीप्रति किसानको आकर्षण घट्दै
मंसिर १२, २०८१ बुधबार
धरहराबाट उपत्यका नियाल्ने रहर
मंसिर १२, २०८१ बुधबार