क्रिकेट संघ विवादः कार्यवाहक सचिवमा पाठक, साधारणसभा फागुन १४-१५ मा गरिने
नेपालबहस संवाददाता
माघ १८, २०७९ बुधबार १७:२५:४९
१८ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले कार्यवाहक सचिवको जिम्मेवारी दुर्गाराज पाठकलाई दिएको छ । क्यान हालै सम्पन्न टि २० लिग खेलमा स्पट फिक्सिङमा तानिएपछि विवाद चर्किएको थियो ।
यही अवस्थाबीच मंगलबार पोखरामा भएको कार्यसमिति बैठकमा सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका थिए । उनको राजीनामापछि कार्यसमिति सदस्य पाठकलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । मल्लकाे राजीनामा स्वीकृत गरेपछि पाठकलाई कार्यवाहककाे जिम्मेवारी दिइएकाे हाे ।
बैठकमा अध्यक्ष चतुरबहादुर चन्द लगायत कार्य सम्पादन समितिका पाँचै जनाको राजीनामा माग भएको थियो । त्यसमा सचिव मल्लको पनि राजीनामा मागिएको थियो । अध्यक्ष चन्दले भने राजीनामा दिन अस्वीकार गरेको छ ।
बैठकले क्यानको साधारण सभा आगामी फागुन १४ र १५ गते सुर्खेतमा गर्ने निर्णय गरेको छ । नेपाल टी–२० लिगका लागि व्यापारिक तथा रणनीतिक साझेदारीका रुपमा भित्रिएको विवादित भारतीय कम्पनी सेभेन थ्रीसँगको सम्झौता रद्द गर्ने वा नगर्नेबारे साधारणसभाले नै निर्णय गर्नेछ ।
सेभेन थ्रीले भने सम्झौता रद्द गरेको पत्र क्यानलाई पठाइसकिएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्जुन ट्रफिको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानमा हुने
माघ ११, २०८१ शुक्रबार
अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालको सान्तवना जीत
माघ ११, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार