भूकम्पका कारण गौमुलवासीको बिचल्ली
नेपालबहस संवाददाता
माघ १८, २०७९ बुधबार १८:१:४०
१८ माघ, बाजुरा । गत मंगलबार हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रविन्दु भएर दिउँसो २ः४३ बजे पाँच दशमलव नौ रेक्टरस्केलको भूकम्प गयो । भूकम्पले गर्दा एक जनाको मृत्यु भयो भने चार जना घाइते भए । जिल्लामा छ सय बढी घर पूर्ण र आंशिकरूपमा क्षति पुग्यो । त्यसमा पनि गौमुल गाउँपालिका–२ आगर, जुरेली, दहकोट र नरेडा बस्तीमा बढी क्षति भयो ।
गौमुल गाउँपालिका–२ आगरमा रहेका दलित बस्तीका २५ परिवारलाई झनै बिजोग बनाएको स्थलगत रिपोर्टिङमा देखियो । न खाने गाँस न त बस्ने बास नै छ । घरभित्र भएका लत्ताकपडा र अन्नसमेत निकाल्न नसकिने गरी घर चिरा–चिरा परेका छन् । भिरालो जमिनमा बनाइएका घर एक फिटभन्दा बढी फाटेर गाउँवासी भित्र पस्नसमेतका सकेका छैनन् ।
यही माघ १० गते गएको भूकम्पका कारण गौमुल गाउँपालिकावासीको बिचल्ली छ । सबै घर बस्नलायक नभएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो । उक्त गाउँपालिकामा एक हजार छ सय ५० परिवारमध्ये पाँच सय ७० परिवारका घर जोखिममा छ । पाँच सय ७० परिवारका बासिन्दा सबै विस्थापित भएको गाउँपालिकाले जनाएको छ ।
उक्त गाउँपालिकाको वडा नं २ आगर, जुरेली, दहकोट र नरेडाका घर चर्किएर बस्न नमिल्ने भएपछि त्रिपाल र टनेलको पालमुनि गाउँवासीले रात कटाउने गरेका छन् । उनीहरुका घर बाहिरबाट हेर्दा राम्रो देखिए पनि भित्र भने धुजाधुजा भएको गीता रोकायाले बताए । गौमुल–२ का जडेगाउँ, आगर, दहकोट, गताडी, गुम्फा काडा, जुरेली र रनेडालगायत बस्तीका वासिन्दा घरविहीन बनेका छन् । जुरेली, दहकोट, अगरलगायत ठाउँका जमिन पनि चिरा परेका छन् ।
त्यहाँका सबै वासिन्दा पाल र तरकारीका लागि बनाइएका टनेलमा बस्दै आएका छन् । जडेगाउँमा १८, आगरगाउँमा २५, दहकोटका ३३, गताडी टोलका छ परिवार, गुम्फाकाँडा वस्तीका १८, जुरेलीका २५ र रनेडाका ४० घरपरिवार अहिले पालमा बस्दै आएको गौमुल गाउँपालिका–२ का वडा सदस्य प्रेम रोकायाले बताए ।
“तीन वर्ष पहिले बाढी आउँदा खेतीयोग्य जमिन बगायो, पछि यहाँ आएर बसेका थियौँ, अब भूकम्पले न बस्ने घर रह्यो, न खाने जमिन रह्यो विस्थापितजस्तै बनियो, यो पाल हालेको ठाउँ पनि अरुकै जमिन हो”, जुरेलीका भक्त रोकाया भने ।
भूकम्पकले एक सदस्य गुमेकाले पीडामा रहेका भक्तका छ परिवार पनि विस्थापितजस्तै छन् । जमुना रोकायाको भूकम्पमा परी मृत्यु भएको थियो । घाँस काटिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गा लाग्दा उनको मृत्यु भएको थियो । भूकम्पपीडित पालमुनि कठ्याङ्ग्रिदो चिसोमा रात बिताइरहेका छन् ।
हिउँदको समय चिसोले पालमुनि बस्दा त्यहाँका बूढाबूढी, गर्भवती र सुत्केरी महिला र बालबालिकालाई समस्या भएको छ । भूकम्पपिडीतले एक साता बितिसक्दा पनि राहत साम्रगी नपाएको गुनासो गरेका छन् । उनीहरूलाई बिहान–बेलुकी हातमुख जोर्न धौधौ परेको छ । भूकम्पपीडित बिच्चलीमा हुँदा पनि सरकारको ध्यान नपुगेको स्थानीय धनलाल रोकायाले बताए ।
भूकम्पबाट पीडित गौमुल गाउँपालिका–२ का वाससिन्दालाई बालबालिका र वृद्धवृद्धालाई बचाउन सकस परेको छ । भूकम्पले घरभित्र पस्न नसक्ने गरी चर्किएकाले चिसोबाट बालबालिका र वृद्धवृद्धा बचाउन सकस परेको आँगरका भूकम्पपीडित सीता चदाराले बताए ।
भूकम्पले घरबारविहीन भएर खोलाको किनारमा त्रिपालको रात कटाउँदै आए पनि चिसोले कठ्याङ्ग्रिएर बालबालिका बचाउन समस्या भएको उनको गुनासो थियो । चिसोबाट सुत्केरी भएकी महिला र नवजात शिशुलाई समेत चिसोबाट बचाउन समस्या भएको स्थानीयवासी गीता रोकायाले बताइन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार