अण्डा उत्पादन गर्ने कुखुरालाई पिँजडा मुक्त गर्ने अभियान
नेपालबहस संवाददाता
माघ १८, २०७९ बुधबार १८:८:२८
१८ माघ, राँझा । अण्डा दिने कुखुरालाई साँघुरो खोरमा थुनेर नपाल्न बाँकेमा अभियान सञ्चालन गरिएको छ । पशुपक्षीको अधिकार तथा संरक्षणमा वकालत गर्दै आएको एनिमल नेपालले अण्डा उत्पादन गर्ने कुखुरालाई पिँजडा मुक्त गर्ने अभियान सञ्चालन गरेको हो ।
उक्त अभियानअन्तर्गत बाँकेमा कुखुरा व्यवसायीलगायत सरोकारवालासँग पशु कल्याण सुनिश्चिताको विषयलाई उठान गर्दे अण्डा उत्पादन गर्ने कुखुरालाई पिँजडा मुक्त अभियानका बारेमा समन्वय तथा सहकार्य सुरु गरेको एनिमल नेपालका कार्यक्रम संयोजक तथा पिँजडा मुक्त कुखुरा अभियानका अभियानकर्मी मधु कट्टेलले जानकारी दिए ।
उनका अनुसार पशुपक्षी कल्याणको विषयमा सरोकारवालाको ध्यान जान नसक्दा अण्डा उत्पादन गर्ने कुखुराले साँघुरो खोरमा हलचल गर्न नपाउने गरी राखिँदा सास्ती भइरहेकाले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै अण्डा उत्पादन गर्ने कुखुराका लागि पिँजडा मुक्त अभियान सुरु गरिएको हो ।
“कुखुरा भनेको पखेटा फिजाएर खुल्ला रुपमा आफ्नो चारो आफैँ खोज्ने पक्षी हो, तर व्यापार गर्ने नाउँमा कुखुरालाई हलचलसम्म गर्ने स्थान नदिएर आजीवन जबर्जस्ती अण्डा दिन उत्पादन गरिन्छ”, उनले भने, “कुखुरा पनि जीवित पक्षी भएकाले मानिस जस्तै दुखाइभोगाइ महसुस गर्छन्, तर मानिसले व्यापार व्यवसायमा फाइदाका लागि कुखुरा पनि जीवित पक्षी हो भन्ने बिर्सिएको छ ।”
अण्डा उत्पादन गर्ने कुखुरालाई लामो समय एउटै पिँजडामा थुनेर राख्दा खानयोग्य अण्डा उत्पादन नहुने बताउँदै यो अभियान सफल बनाउन सरोकारवालाको साथको अपेक्षा गरेको उनले बताए ।
कुखुरालाई सास्ती दिएर जबर्जस्ती उत्पादन गरिएको अण्डा मानिसका लागि भिटामिन योग्य नहुने वरिष्ठ पशु चिकित्सक डा अतिसकुमार यादवले बताए । “पशुपक्षीका लागि आहारको राम्रो व्यवस्था हुनुपर्छ, राम्रो वातावरणमा बस्न पाउनुपर्छ, उसको स्वास्थ्यको ख्याल गर्नुपर्छ, जनावरको व्यवहारअनुसार स्वतन्त्र भएर बाँच्न दिनुपर्छ”, वरिष्ठ पशु चिकित्सक यादवले भने, “पशु स्वस्थ छ भने मात्र त्यसबाट उत्पादित वस्तु ‘दूध, मासु, अण्डा’ स्वस्थ हुन्छ, अस्वस्थ पशुपक्षीबाट उत्पादित वस्तु खाँदा मानव जीवनका लागि हानिकारक हुने गर्दछ ।”
पशु कल्याणको क्षेत्रमा विगत १३ वर्षदेखि काम गरिरहेको एनिमल नेपालले बाँकेमा नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा पशु कल्याणको काम गरिरहेको नगरप्रमुख प्रशान्त बिष्टले बताP । उgले एनिमल नेपालले अगाडि सारेको अभियानमा उपमहानगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सरकारले २० रुपैयाँ थपेपछि प्रतिक्विन्टल ५८५ पुग्यो उखुको समर्थन मूल्य
मंसिर १४, २०८१ शुक्रबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार