गठबन्धन दलका नेताको घेराबन्दीमा प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
माघ १८, २०७९ बुधबार १८:९:५९
१८ माघ, काठमाडौं । गृह मन्त्रालय आफैसँग राख्ने र राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनमा रहेका दलका नेताको घेराबन्दीमा परेका छन् । सरकारी कामको चाप बढिरहेका बेला गठबन्धन दलका स्वार्थकेन्द्रित विषयले नै प्रधानमन्त्री प्रचण्डलाई गलाउने परिस्थिति बनिरहेको छ । राज्य सत्तालाई जनताको सेवामा लगाउनेभन्दा पनि गठबन्धनमा रहेका दल र तिनका नेताहरु प्रधानमन्त्रीलाई गलाएर स्वार्थसिद्ध गर्ने रणनीतिमा देखिएका छन् ।
स्वार्थकेन्द्रित विषयले गर्दा सत्ता गठबन्धन विघटनको डिलमा पुगेको अडकल राजनीतिक क्षेत्रमा हुन थालेको छ । यीनै विषयको पेरोफेरोमा रहेर बुधबार सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्रीलाई बालुवाटारमा भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन दवाव दिएका छन् ।
सत्तारुढ दलबीच खटपट परिरहेको बेला प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्रीबारे दवाव दिन अध्यक्ष ओली बालुवाटार पुगेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिबारे भन्दा पनि रविलाई गृहमन्त्री नबनाएको विषयमा छलफल भएको बताइएको छ । गृह मन्त्रालय पुनः राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने कि नदिने भन्ने विषयलाई लिएर सत्ता साझेदार दलहरुबीच विवाद बढेको छ । प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैंसँग राख्ने खोजे पनि ओलीले रास्वपालाई नै दिन दवाव दिंदै आएका छन् । रास्वपाले पनि आफूले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।
आजै बिहान प्रधानमन्त्री प्रचण्डसँग राप्रपाका अध्यक्ष एवम् उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले पनि भेटवार्ता गरेका छन् । सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका रवि लामिछानेले गृह मन्त्रालयमा फर्कन बालुवाटारदेखि बालकोटको परिक्रमालाई तीव्र पारेका बेला लिङदेनले पनि यसैमा दवाव दिएका छन् । दोहोरो राहदानीको विषयमा प्रहरी प्रशासनले उनीमाथि अनुसन्धान पूरा गरेको छैन, तर तालुकवाला मन्त्रालयको नेतृत्वमा पुगेर अनुसन्धान प्रभावित गर्न खोजेको भन्दै गठबन्धनभित्र र बाहिर पनि विरोध भइरहेको छ । तर, सार्वजनिक आलोचनाको वास्तै नगरी शक्तिमा पुग्न रवि पनि आतुर देखिएका छन् ।
आइतबार नेपालको नयाँ नागरिकता लिएका लामिछानेले त्यही दिन पार्टीका तीन बैठक बसाएर साधारण सदस्य, केन्द्रीय सदस्य, केन्द्रीय सभापति बन्ने प्रक्रिया पूरा गरेका थिए । साँझ बालुवाटार पुगेर उनले उपप्रधानमन्त्री तथा गृह मन्त्रालयमा दाबी गरेका थिए । प्रधानमन्त्री प्रचण्डबाट सकारात्मक जवाफ नपाएपछि उनी राति नै एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए । सोमबार पनि ओलीसँग भेट गरेका लामिछाने मंगलबार बिहान प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार गएका थिए । प्रधानमन्त्री प्रचण्डले माओवादी बैठकमा विषय राखदा पनि गृह नदिन भनिएको थियो ।
लामिछानेलाई पुनर्बहाल गर्न एमाले अध्यक्ष ओली, राप्रपा अध्यक्ष लिङदेन र स्वयम् लामिछानेबाट लगातार दवाव आए पनि कानुनी राज्यको सम्मान गर्दै तत्काल उनलाई जिम्मेवारी दिन गाह्रो हुने प्रचण्डको भनाइ छ । उनले सकेसम्म इंगेज भइरहने, यो गठबन्धन नटुटोस् भन्ने प्रयास आफ्नो रहेको र अदालतको पूर्णपाठ पनि कुर्नुपर्ने आवश्यकता सरकारसँग रहेको उनको भनाइ छ । लिङदेन बुधबार बिहान प्रधानमन्त्रीसँग उनले रवि लामिछानेलाई मन्त्रीमा नियुक्त गर्न भन्दै नगर्दा गठबन्धनमा समस्या आउने बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले भने लामिछानेका विषयमा विभिन्न आरोपहरू लागेको र छानबिन समेत चलिरहेको भन्दै सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आएर राहदानीको विषय टुंगोमा पुगेपछि मात्र मन्त्री बनाउन उपयुक्त हुने बताएको बालुवाटार स्रोतले जनाएको छ । यसले पनि सत्तासाझेदार दलबीच गृहमन्त्री कसलाई बनाउने भन्ने विषय पेचिलो बनेको छ । मंगलबार बसेको माओवादी पदाधिकारी बैठकमा प्रचण्डले तत्काल लामिछानेलाई गृहमन्त्री नबनाउने जानकारी गराएका थिए ।
बुबार गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र ऊर्जामन्त्री लिङ्देनबीच भएको कुराकानीले पनि सत्ता गठबन्धन सहज वातावरणमा नरहेको प्रष्ट पारेको छ । प्रधाानमन्त्री प्रचण्डमााथि बढेको दवाव हेर्दा सरकार बचाउनकै लागि पनि उनले सत्तासाझेदारी दलका कुरा गलत नै भएपनि मान्नुपर्ने अवस्था देखिएको छ । प्रधानमन्त्री प्रचण्ड यसै विषयमा केहिदिनदेखि दाहोरो दवावमा पनि परिरहेका छन् । हालको गठबन्धनमा खटपट आएपछि कांग्रेससहितका दललाई सरकारमा सहभागि गराउने प्रयास पनि उनीबाट भइरहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार