तीनैतहको उम्मेदवार बन्ने उमेर २० वर्ष कायम गर्न प्रस्ताव
नेपालबहस संवाददाता
माघ १८, २०७९ बुधबार १९:५५:२१
१८ माघ, काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्नको उमेर समान बनाउनुपर्ने प्रस्ताव गरिएको छ । प्रतिनिधिसभा सदस्य बन्नका लागि आवश्यक उमेर २५ वर्षबाट घटाएर १८ वा २० वर्ष बनाउनुपर्ने प्रस्ताव पूर्वकानुनमन्त्री माधवप्रसाद पौडेलले समितिमा गरेका हुन् ।
कानुन आयोगका पूर्वअध्यक्षसमेत रहेका पौडेलले नेपालमा पुरातन परम्परालाई पछ्याएर प्रतिनिधिसभा सदस्य बन्न पाउने उमेर राखिएको भन्दै यसलाइृ घटाएर २० वा १८ वर्षमा भार्नुपर्ने बताएका छन् । राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा निर्वाचनमा उम्मेदवार बन्न पाउने उमेर सीमा घटाउनुपर्ने प्रस्ताव पौडेलको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ३३ प्रतिशत महिला अनिवार्य उम्मेदवार बनाइनुपर्ने बाध्यकारी कानुन बनाउन लागिएको जानकारी दिएपछि पौडेलले उमेर घटाउनुपर्ने बताएका हुन् । पौडेलले मतदान गर्न पाउनेले उम्मेदवार बन्न नपाउने भन्ने व्यवस्था ठिक नभएको भनदै हटाउनुपर्ने बताए । उनले भने, ’सांसद उम्मेदवार बन्ने उमेर घटाउनुपर्छ । उम्मेदवारको उमेर २५ वर्ष बनाउने धेरै पुरानो मान्यता हो । बेलायतमा बेबी एमपीको अवधारणा आइसक्यो । नेपालमा पनि परिवर्तन गर्नुपर्छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ मा उम्मेदवारको योग्यताको व्यवस्था गरिएको छ । जसमा उम्मेदवार बन्न पाउने योग्यतामा २५ वर्ष उमेर पूरा भएको, मतदाता नामावलीमा नाम समावेश भएको, नेपालको नागरिक हुनुपर्ने लगायत छन् । मेयर हुनका लागि २० वर्षको भए हुने तर सांसद बन्नका लागि किन २५ वर्ष बनाएको भन्ने कुराको कारण पत्ता हुन नसकेको पौडेलको भनाइ थियो । स्थानीय तहको प्रमुखले कार्यकारी अधिकार प्रयोग गर्ने भएपनि कम उमेरको हुने तर कानुन निर्माणको क्षेत्रमा किन २५ वर्षकै चाहिने भन्दै यसलाई घटाउनुपर्ने बताए ।
उनले निर्वाचनको मिति कानुनमा नै निश्चित गर्नुपर्ने र निर्वाचनको मिति तोक्ने काम संसदले गर्नुपर्ने बताए । निर्वाचन मितिको ऐन संसदले बनाउनुपर्ने उनको तर्कछ । यसो हुँदा सरकार र निर्वाचन आयोगले निर्वाचन मितिका लागि एक अर्कालाई देखाउने अवस्था नरहने भन्दै उनले विद्युतीय मतदानको व्यवस्था र विवाद समाधान तत्काल गर्नुपर्नेतिर पनि आयोगले ध्यान दिनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीको भ्रमण र बीआरआईबारे कांग्रेसमा छलफल
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
यसरी गर्दैछन वाइडेनले ट्रम्पलाई सत्ता हस्तान्तरण
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता
मंसिर १२, २०८१ बुधबार
तत्काल बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्ने निर्णयमा पुग्यो विद्युत प्राधिकरण
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार