प्रधानमन्त्रीको निर्देशनलाई लिएर सत्ता पक्षका सांसदबीच जुहारी
नेपालबहस संवाददाता
माघ १८, २०७९ बुधबार २१:११:५३
१८ माघ, काठमाडौं । संविधानले स्वीकार गरेका विषयविपरित गएर मन्त्रिपरिषदका सदस्यहरुलाई नबोल्न प्रधानमन्त्रीले निर्देशन दिएको विषयलाई लिएर बुधबारको प्रतिनिधिसभा बैठकमा सत्ता पक्षका सांसदबीच जुहारी चलेको छ । धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता जस्ता विषयकाबिरुद्ध नजान मन्त्रीहरुलाई प्रधानमन्त्रीले निर्देशन दिएको अवस्थामा मन्त्रीहरु त्यसकाबिरुद्ध गएको भन्दै सत्ता पक्षका सांसद रघुजी पन्तले प्रश्न उठाएपछि राप्रपाका सांसदहरुले त्यसको प्रतिकार गरेका छन् ।
नेकपा एमालेका सांसद रघुजी पन्तले संविधानका आधारभूत संरचनाहरूमै प्रधानमन्त्री र मन्त्रीहरूबीचमा सार्वजनिक मतभेद देखिएको भन्दै आलोचना गरेपछि लगत्तै बोलााका राप्रपाका महामन्त्रीसमेत रहेका डा. धवलशमशेर राणाले संसदमा आफूहरुलाई हेपिएको भन्दै नहेप्न चेतावनी दिए । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै पन्तले संविधानबमोजिम शपथ लिएको मन्त्रीले संविधानको भावनाविपरीत बोल्न नहुने बताएका थिए ।
उनले भने, राजनीतिक एजेन्डा बनायो भने न पाकिस्तान, बंगलादेश र भारत शान्त छ, मन्त्री भएर राय बनाउन थाल्दा कुन बाटोमा जान्छ भन्ने हो । राप्रपाको आफ्नो विचार होला, सांसदले बोल्लान्, तर मन्त्री भएर बर्खिलापमा बोल्न मिल्दैन । राष्ट्रियसभामा प्रधानमन्त्री बोल्ने अनि त्यसको भोलिपल्ट संविधानको आधारभूत मान्यताविरुद्ध मन्त्री नै जाने ? यो संविधान र कानुनको अधिनमा रहेर मन्त्रीहरूले गतिविधि अघि बढाउनुपर्दछ । संविधानको प्रस्तावनामै लेखिएको छ । संविधानअनुसार शपथग्रहण गर्नुभएका र शपथ लिनुभएको हो, मन्त्रीहरूले । प्रधानमन्त्रीसँग फरक मत राख्न मिल्दैन ।’
पन्तको भनाइको प्रतिकार गर्दै राणाले आफूहरुलाई हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्नकै जनताले मत दिएको भन्दै संसदमा नहेप्न चेतावनी दिए । सांसद पन्तले राप्रपाबाट मन्त्री बनेका नेताहरुले हिन्दुराष्ट्र र राजतन्त्रको वकालत गरेको भन्दै विरोध जनाएपछि राप्रपा नेता राणाले आफ्नो बोल्ने पालोमा धर्मनिरपेक्षता र गणतन्त्रलाई संविधानले अपरिवर्तनीय विषय नमानेकाले बोल्न पाउनुपर्ने बताउँदै भने, ‘हामी नेपालमा फेरि सनातन धर्म हिन्दु राष्ट्र कायम गर्न आएका छौं, हामी फेरि राजासहितको प्रजातन्त्र स्थापित गर्न आएका छौं । धर्म निरपेक्षता र गणतन्त्रविरुद्ध बोल्न संविधानले रोक्दैन । संविधानमा अपरिवर्तनीय बुँदा होइन, हामीले बोल्न पाउनुपर्छ बोल्छौँ ।’
आफूहरुलाई हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गर्न जनताले मत दिएको पनि महामन्त्री राणाले बताए । उनले प्रधानमन्त्री र नेकपा माओवादीप्रति लक्ष्ति गर्दै भने, ‘यो व्यवस्था नमान्ने भएको भए हामी जंगल जान्थ्यौं, यही व्यवस्था र यही संविधानभित्र बसेर यो संविधानलाई हामीले बोकेका मूल्य मान्यताभित्र परिवर्तन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जनताले भोट दिएर हामी आएका छौं । हामीलाई हेप्ने काम, हामीलाई होच्याउने काम यो सदनबाट आइन्दा फेरि नहोस् ।’
एमालेका सांसद् पन्तले संविधानका आधारभूत संरचनाहरूमै प्रधानमन्त्री र मन्त्रीहरूबीचमा सार्वजनिक मतभेद देखिएको भन्दै प्रधानमन्त्रीको पनि आलोचना गरे । ‘प्रधानमन्त्रीले संघीयताविरुद्व बोल्नेलाई स्पष्टिकरण सोध्छु भन्नुभएको भोलिपल्ट सरकारका मन्त्रीहरूले संघीयता रहनुहुँदैन भनेर बोल्नुभयो, प्रधानमन्त्रीले अहिलेसम्म स्पष्टिकरण सोधेको थाहा छैन । प्रधानमन्त्री र मन्त्रीहरूका बीचमा सार्वजनिक विवाद भएको राम्रो होइन ।’
उनले धर्मका कारण विश्वमा धेरै युद्धहरू भएपनि नेपालले शान्तिको सन्देश दिएको बताउँदै भने, ‘नेपाल बुद्ध जन्मिएको देश हो । बुद्ध विश्व शान्तिका दुत हुन् । त्यसैले हामी यहाँ धर्मका माध्यमबाट जोडियौँ, जोड्ने माध्यम बनाऔँ । यो सरकारले स्थिरता दिन्छ होला, तर संविधानका आधारभूत विषयहरूमा प्रश्न उठाउन पाइदैन ।’ सांसद पन्तले अहिलेको सरकार संयुक्त सरकार भएकाले न्यूनतम साझा कार्यक्रमलाई आधार बनाएर सञ्चालित हुनुपर्ने पनि बताए ।
यस्तै सत्ता पक्षका अर्का सांसद एवं नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन नसक्दा संघीयताविरुद्ध आवाज उठेको आरोप लगाए । उनले संघीयताको आवश्यकताको औचित्य कर्णाली, सुदूरपश्चिम प्रदेशमा पुगेर हेर्न अनुरोध पनि गर्दै बुधबारको प्रतिनिधिसभा बैठकमा उनले राजधानी काठमाडौं बसेर संघीयताको विरध गर्न नपाइने बताए । उनले भने, ‘व्यवस्था फेरियो अवस्था फेरिएन भन्ने छ । संघीयता किन आवश्यक छ भनेर हेर्न कर्णाली सुदूरपश्चिम पुगेर हेरे हुन्छ । सरकारमा बसेर संविधानको विरुद्धमा बोल्न नपाइने संविधानमै उल्लेख छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार