संसारमै पहिलो चोटि २४० वाटको चार्जिङ प्रविधि ल्याउँदै रियलमी
नेपालबहस संवाददाता
माघ १८, २०७९ बुधबार २१:३६:१३
१८ माघ, काठमाडौं । सबैभन्दा बढी विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले आफ्नो आउँदो फ्लागशिप स्मार्टफोनमा २४० वाटको चार्जिङ सपोर्ट हुने जनाएको छ । जुन अहिलेसम्मकै सबैभन्दा छिटो हो ।
यो सँगै रियलमी विश्व मोबाइल उद्योगमै सबैभन्दा बढी पावरको चार्जिङ टेक्नोलोजी प्रदान गर्ने स्मार्टफोन ब्रान्ड हुने भएको छ । कटिङ एज चार्जिङ सोलुसन युक्त यो नयाँँ प्रविधिले फोनलाई सुरक्षित र छरितो तरिकाले चार्ज गर्छ, जसले उपभोक्ताहरुलाई राम्रो अनुभव प्रदान गर्छ । ९८.७% को अत्यधिक उच्च पावर कन्भर्सन रेट भएको यस २४० वाटको इनोभेटिभ चार्जिङ आर्किटेक्चरले लो भोल्टेजमा नै सुरक्षित तरिकाले चार्ज गर्न सक्छ ।
यति मात्र नभएर रियलमीले संसारमै पहिलोपल्ट १२ एम्पियरको चार्जिङ केबल पनि ल्याउँदै छ जुन मोबाइल उद्योगमैै अहिलेसम्मको सबैभन्दा राम्रो र उच्च स्ट्यान्डर्डको हो । यो सँगै रियलमीले आफ्नो डेयर टु लिप मान्यतालाई अझै बलियो बनाउँदै फास्ट चार्जिङलाई एउटा अर्को उचाइमा पु¥याएको छ ।
यो भन्दा अगाडि रियलमीले २०२१ मा आफ्नो नम्बर सिरिजमा ६७ वाटको चार्जिङ प्रविधि अपनाउँंदै मिड रेन्ज सेग्मेन्टमा फास्ट चार्जिङको सुविधा दिएको थियो ।
त्यस्तै २०२२ मा पनि आफ्नो लोकप्रिय मोडल रियलमी जिटि नियो ३ मार्फत समस्त मोबाइल उद्योगमै पहिलो पल्ट १५० वाटको फास्ट चार्जिङको सुविधा दिएको थियो, जसमा २० मिनेटमै शुन्यबाट शत प्रतिशतसम्म मोबाइल चार्ज हुन सक्थ्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार