९ अर्ब ६२ करोड बराबरका थोक वितरण प्रणाली, संरचना र पानी ट्याङ्कीको स्वामित्व हस्तान्तरण
नेपालबहस संवाददाता
माघ १८, २०७९ बुधबार २२:११:२३
१८ माघ, काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानी उप–आयोजना–२ बाट बिच्छ्याइएका तथा निर्माण गरिएका कूल रु. ९ अर्ब ६२ करोड बराबरका थोक वितरण प्रणाली, संरचना र पानी ट्याङ्कीहरूको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरेको छ ।
उप–आयोजना–२ बाट काठमाडौंको सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रमा प्रशोधित मेलम्चीको खानेपानी उक्त केन्द्रबाट काठमाडौंका विभिन्न नौ स्थानमा रहेका १० वटा खानेपानी ट्याङ्कीहरूमा आपूर्तिका लागि बिच्छइएका थोक वितरण प्रणालीका ४०० मि.मि. देखि १,४०० मि.मि. ब्याससम्मका ठुला डक्टाइल आइरन पाइपलाइन र निर्माण गरिएका संरचना तथा ट्याङ्कीहरूको स्वामित्व बोर्डलाई हस्तान्तरण गरिएको आयोजनाका उपनिर्देशक तथा प्रवक्ता चन्द्र कुमार पाँ श्रेष्ठले जानकारी दिए ।
राजधानीमा आयोजित कार्यक्रममा आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेडबीच थोक वितरण प्रणाली, संरचना र पानी ट्याङ्कीहरूको स्वामित्व हस्तान्तरण सम्बन्धमा सम्झौता भएको उनले बताए ।
खानेपानी मन्त्रालयका सहसचिव त्रिरेश प्रसाद खत्रीको उपस्थितिमा उक्त सम्झौता पत्रमा आयोजना निर्देशक राजेन्द्र सापकोटा, बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणा र केयुकेएलका उपप्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर कार्कीले हस्ताक्षर गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार