गलत सूचनाले समाज अराजक र अनुशासनहीनः प्रधानमन्त्री
नेपालबहस संवाददाता
माघ १८, २०७९ बुधबार २२:४४:५
१८ माघ, काडमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गलत सूचनाले समाजमा अराजकता र अनुशासनहीनता बढ्ने खतरा रहेको भन्दै यसतर्फ सम्बन्धित निकाय र व्यक्ति सचेत हुन आवश्यक रहेको बताएका छन् । उनले सूचनाको हकका विषयमा कुरा गर्दा त्यसले समाजमा पार्नसक्ने प्रभावबारे पनि ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
बुधबार सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सूचनाको हकको प्रवद्र्धनले देशमा विकासको नयाँ वातावरण सिर्जन गर्नुपर्नेमा जोड दिँदै गलत सूचना प्रवाह भए त्यसले समाजलाई गलत बाटोमा पुर्याउने बताए । उनले सूचना दिने नाममा समाजलाई भड्काउने प्रबृति पछिल्लो समयमा बढिरहेको दावी गरे ।
प्रचण्डले सूचनाको हकका नाममा समाजमा अव्यवस्था, अराजकता र अनुशासनहीनता नआओस् भन्ने कुरामा राज्य मात्र सचेत भएर नपुग्ने भन्दै सबैभन्दा बढि त्यो वर्ग, समुदाय र व्यक्ति सचेत हुनुपर्ने बताए । उनले कतिपय सूचनाको प्रकृति सार्वजनिक गर्नुनपर्ने तर, यस्तै सूचना सबैभन्दा पहिलो सार्वजनिक हुँदा त्यसले नकारात्मक विषय सिर्जना गराउने दावी गरे । उनले सूचना संवेदनशील विष भएकाले यसको प्रयोगमा ध्यान दिनुपर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने कुरामा बढि ध्यान दिनुपर्ने बताए । उनले जति धेरै सूचना सम्प्रेषण तथा सूचनाको हकको प्रत्याभूत हुन सक्यो त्यति धेरै सुशासन कायम हुने बताए । सही सूचनाले मात्र विकासको एउटा नयाँ वातावरण बन्ने र शासन प्रणालीमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप बढाउने सकिने उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले राज्यले दिने सुशासन सूचनाको हकसँग प्रत्यक्ष रुपले जोडिएको जनाउँदै जति धेरै जनता सुसूचित हुन्छन् त्यतिनै सरकार पनि काममा अपडेट रहने भनाइ राखे । सूचनामा अपनाइएको पारदर्शीताले राज्यनियन्त्रित निकाय र समाजका विकृति विसङ्गतिलाई रोकथाम गर्न सकिने बताए । जनताले रोकथाम गर्दा मात्र सरकारी तहबाट बढ्ने विकृति नियन्त्रणमा आउने र सूचनाको हक बढीभन्दा बढी स्थापित गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार