रारा आउने पर्यटकको संख्या ह्वात्तै घट्यो
नेपालबहस संवाददाता
माघ १९, २०७९ बिहिबार २०:३:१४
१९ माघ, जुम्ला । विश्वकै सुन्दर रारातालमा गत वर्षभन्दा यो वर्ष चालिस प्रतिशतले पर्यटक घटेका छन् । मुगुको सदरमुकाम गमगढीस्थित रारातालमा यो वर्ष आन्तरिक तथा बाह्य पर्यटक चालिस प्रतिशतले घटेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिए ।
देशकै पर्यटकको मुख्य गन्तव्यको रूपमा रहेको रारामा पछिल्लो समय बाह्य देशका पर्यटकको संख्या ह्वात्तै घटेको हो । यहाँको होटालका साथै कर्णाली राजमार्गको स्तरोन्नति नहुँदा पर्यटकलाई आवयक सुविधा दिन नसकिएकाले बाह्य र आन्तरिक पर्यटक पनि घटेको उनको भनाइ थियो ।
“रारातालको सौन्दर्यले पर्यटनलाई लोभ्याए पनि यहाँ आइपुगेका पर्यटकले राम्रोभन्दा नराम्रो कुराको सन्देश फैलाउँदा नयाँ आउने पर्यटकलाई पनि असर परेको छ । राजमार्ग हुँदै आउने पर्यटकले सडकको राम्रो व्यवस्था नहुँदा निकै सकस हुने गुनासो गरेका छन्,’’ प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने । रारासम्म पर्यटकलाई सहजरुपमा पुर्याउन सके यहाँको आम्दानीमा निकै टेवा पुग्ने भएकाले स्थानीय र प्रदेश सरकारले यहाँको व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको उनले बताए । राजस्व वृद्धिदर पनि यो आर्थिक वर्ष तीस प्रतिशतले घटेको निकुञ्ज कार्यालयले जनाएको छ ।
पर्यटकीय हबको रूपमा विकास भएको रारातालमा पर्यटकलाई आकर्षण गर्न यहाँका सरोकारवाला निकाय र स्थानीय सरकारको काँधमा जिम्मेवारी थपिएको स्थानीयवासीको भनाइ थियो । राराभित्र प्रवेशशुल्क नेपालीका लागि प्रतिव्यक्ति रु १००, सार्क मुलकका नागरिकलाई १३ प्रतिशत भ्याटसहित रु एक हजार पाँच सय र अन्य विदेशीलाई १३ प्रतिशत भ्याटसहित रु तीन हजार लाग्ने गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।
तालको सुन्दरता
रारा पुग्ने सबैले यहाँको सुन्दरताको वर्णन गर्न थाल्छन् । समुद्री सतहदेखि दुई हजार नौ सय ९० मिटर उचाइमा रहेको तालको प्रत्यक्ष अवलोकन गर्ने ठूलो धोको सबैलाई हुन्छ । प्रकृतिको काखमा रहेको त्यहाँको अनुपम दृश्य नियाल्ने रहरले कर्णाली प्रदेशको राजधानीबाट सुर्खेत–दैलेख–कालीकोट–जुम्ला हुँदै राराताल पुग्न सडक मार्ग रोज्नेको यात्रा निकै रमालो र सकस पनि हुन्छ । जब रारा ताल भेटिन्छ तब बाटोमा भोगिएका कष्ट त्यो रमणीयस्थलले मेट्नाका साथै तालसँग फोटो खिच्नेको भीड लाग्ने गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार