कीर्ते आरोपमा एमाले निकट अनेरास्ववियुका जिल्ला अध्यक्ष रानासहित तीन जना पक्राउ
नेपालबहस संवाददाता
माघ १९, २०७९ बिहिबार २३:१६:१०
१९ माघ, स्याङ्जा । नेकपा एमाले निकट अनेरास्ववियुका जिल्ला अध्यक्ष सगुन राना कीर्ते गरेको आरोपमा पक्राउ परेका छन् । हरिनास गाँउपालिका स्थायी घर भई वालिङ बस्दै आएका रानाले वालिङ १४ का एकजना आफन्तलाई बेलायत पठाउनका लागि नक्कली कागजात बनाएको प्रहरीको भनाई छ ।
वडा प्रहरी कार्यालय वालिङका डीएसपी ढकेन्द्र खतिवडाका अनुसार उनले सरकारी छाप कीर्ते गरेको यसअघि पक्राउ परेका भीमबहादुर थापाले पोलेपछि पक्राउ परेका हुन । रानाले सरकारी कागजातमा नक्कली स्ट्याम्प लगाउने भूमिका निभाएको आरोप थापाले लगाएपछि पक्राउ गरिएको डीएसपी खतिवडाले नेपालबहसलाई बताए ।
अध्यक्ष रानाले बनाएको नक्कली स्ट्याम्प तथा सरकारी कागजातको प्रयोग गरी आफन्त भीमबहादुर थापालाई बेलायत पठाउने तयारीमा रहेका थिए । प्रहरीलाई प्राप्त सूचनाको आधारमा यसअघि बेलायत जाने तयारीमा रहेका भीमबहादुर थापा पक्राउ परेपछि उनैको बयानका आधारमा अनेरास्ववियू अध्यक्ष राना र लोकेन्द्र आलेलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई सरकारी कागजात तथा स्ट्याम्प कीर्ते गरेको आरोपमा मुद्धा दर्ता गरी अनुसन्धान जारी राखिएको प्रहरीको भनाई छ । एमाले सचिव पदमा अर्यालका अत्यन्तै निकट रहेका राना अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य तथा एमालेका बहालवाला जिल्ला सदस्य समेत रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार