माओवादीको स्थायी कमिटी बैठक, सरकारको किचलो र प्रधानमन्त्रीका गुनासो मै सीमित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
माघ २०, २०७९ शुक्रबार १३:५०:२९
![](https://nepalbahas.prixacdn.net/media/albums/maobadi-meeting-e1676880349744_G15XHarTAu.jpg)
२० माघ, काठमाडौं । केही दिनदेखि नेकपा माओवादी केन्द्र कहिले स्थायी कमिटी र कहिले पोलिटव्युरो बैठक राखेर पार्टी र सरकारका कामकारवाहीबारे छलफल गरिरहेको छ । आज पनि स्थायी कमिटीको बैठक छ । तर, प्रायः बैठकहरु ठोस निर्णयतिर भन्दा सरकार र प्रधानमन्त्रीका गुनासा मै सीमित देखिएकाे छ ।
पार्टीका विभाग र नेताहरुको कार्यविभाजनका लागि भनेर ठाकिएको स्थायी कमिटी तीन पटक सरेर बिहीबार केहीबरे बसेर आज शुक्रबार पनि बस्दैछ । तर, बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का सरकार र सरकारमा रहेका दलका स्वार्थकेन्द्रित गुनासा सुन्नेबाहेक केही गर्न सकेको छैन् । न पार्टीका काम भएका छन् न प्रधानमन्त्रीलाई एउटा निर्णयमा बस भन्न नै सकेको छ ।
समसामायिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयनदेखि पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रिय विभागको कार्यविभाजनका लागि बसेको बैठकले एक हप्ता नाघिसक्दा पनि कुनै निष्कर्ष निकाल्न सकेको छैन । हिजो अपरान्ह ४ बजे बसेको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि आज पनि बैठक बोलाइएको हो । आज दिउँसो ३ बजे बैठक बोलाइएको छ ।
हिजो बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डले गठबन्धनमा समस्या आएको ब्रिफिङ गरेपछि सकिएको थियो । उनले गठबन्धनमा समस्या आएकाले छलफलमा जुट्नुपर्ने भएकाले आफूलाई समय चाहिएको बताएका थिए ।
उनले बैठकमा रास्वपाको मात्रै नभएर गठबन्धनमा नै समस्या आएको बताएका थिए । यद्यपि बहिर आएर प्रचण्डले राजनीतिक समीकरण नफेरिने बताएका थिए । आज पनि उनले सरकारका कामबारे पार्टीलाई जानकारी दिने क्रार्यक्रम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार