विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र
नेपालबहस संवाददाता
माघ २०, २०७९ शुक्रबार १७:२६:९
♦ रामबहादुर थापा
२० माघ, गण्डकी । सरकारी जागिरलाई बिट मारेपनि कृष्ण बानियाँ लेखनबाट भने निवृत्त भएको छैन । ‘विसङ्गत अभिरुचि’ उनको पछिल्लो संस्मरण कृति हो ।
सरकारी सेवाको लामो यात्रामा झेल्नुपरेका सास्ती र सङ्घर्षका क्षणलाई उनले पुस्तकमा लिपिबद्ध गरेको छ । उनकै भाषामा प्रशासनिक क्षेत्रमा लुकेका बेथिति र विकृतिको उजागर पनि हो( ‘विसङ्गत अभिरुचि’ । “पुस्तक लेखेर समाजलाई सत्य थाहा दिने धोको पुरा गरेको छु”, बानियाँले भने ।
बनावटी कथन र भावनात्मक संवेग लेखनको उद्देश्य नरहेको बानियाँले प्रस्ट पार्नुभयो । कृतिमा २८ शीर्षकका सस्मरण छन् । बत्तिस वर्ष मालअड्डामा जागिरे जीवन बिताएका उनले पुस्तकमा बढीजसो जग्गा प्रशासनमा भएका अवाञ्छित क्रियाकलापको पर्दाफास गरेका छन् ।
कर्मचारीतन्त्रमा हुने भ्रष्टचार, अनियमितता र ज्यादतिविरुद्ध उनले निर्भयतापूर्वक कलम चलाएको छ । गैरकानुनी कामलाई सदर नगर्दा कार्यकक्षमै पेस्तोल ताकेर ज्यान लिने प्रयास भएकोसम्मका घटनालाई बानियाँले संस्मरणमा समेटेको छ ।
कार्यालय प्रमुखको थिचोमिचो, सरुवामा भएको चलखेल, वर्षौँसम्म एउटै पदमा रहिरहँदाको मनादेशालाई उनले सजीवरूपमा उतारेको छ । कपितय पात्र र प्रवृत्तिबारे उनले खुलेरै प्रतिवाद गरेको छ । “सरकारी सेवामा रहँदा देखेभोगेका मिठानमिठा अनुभवलाई दबाएर राख्न सकिन, अनि लेखेँ”, बानियाँले भने ।
हालै म्याग्दीमा भएको कृतिको लोकार्पण समारोहमा बोल्दै मदन पुरस्कार विजेता लेखक चन्द्रप्रकाश बानियाँले कृष्णले आँट जुटाएर संस्मरण लेखेको बताए । “म आफैँ भएको भए पनि यसरी लेख्न सक्ने थिइँन, संस्मरणमा हिम्मतिला कथाहरू छन्”, उहाँले भन्नुभयो, “समाज र राज्यव्यवस्थाका विकृत पक्षलाई पुस्तकले बाहिर ल्याइदिएको छ ।”
धवलागिरि बहुमुखी क्याम्पसका प्रा डा दिनबहादुर थापाले भ्रष्ट, अविवेकी कर्मचारीतन्त्र, माफिया संयन्त्र, सामन्ती र अन्धविश्वासी संस्कारप्रति लेखक बानियाँले कटाक्ष गरेको बताए। “निष्ठापूर्वक जागिर खाएर पनि अपमान, अभाव र विसङ्गत जीवन भोग्नुपरेको यथार्थलाई पुस्तकमा उजागर गरिएको छ”, उनले भने ।
पुस्तकले लेखकीय इमान्दारिता र सुक्ष्म घटनालाई उधिन्ने काम गरेको प्रा डा थापाले बताए । घटना, दृश्य, पात्र र विषयवस्तुले कृतिलाई ओजिलो बनाएको उनले उल्लेख गरे । लेखकले इमान्दार राष्ट्रसेवक, सेवाग्राही, निमुखा र असहायप्रति सहानुभूति दर्शाएको उनको टिप्पणी छ ।
पुस्तकमा निष्पक्षता, तटस्थता, नैतिकता र वस्तुगत अवस्थाप्रति लेखकीय इमान्दारिता कायम गरिएको प्रा डा थापाको भनाइ छ । समालोचक रामप्रसाद सुवेदीले बानियाँको संस्मरण कृतिले कर्मचारी प्रशासनभित्रको विसङ्गतिको फर्दाफास गरेको बताए । पत्यारिला घटना शृङ्खला र सत्यमा आधारित रहेकाले संस्मरणको सैद्धान्तिक पक्षसँग पनि पुस्तकको सङ्गति मिलेको उनको कथन छ ।
“आत्मकथा काल्पनिक संसारको निर्माण होइन, लेखक सत्यको कसीमा खरो उत्रनुपर्छ, विश्वसनियता चाहिन्छ, यसमा बानियाँ सफल देखिएको छ”, सुवेदीले भने, “संस्मरणमा निराशावादभित्र पनि आशावाद छ ।” केही शब्दगत त्रुटिका बाबजुद सरल र रोचक भाषाशैलीले पुस्तकमा ओज थपेको उनको भनाइ छ ।
“भ्रष्ट कर्मचारीतन्त्र, नातावाद, कृपावाद, तराईमा हुने गरेको जग्गाको अवचलन, सक्षम र इमान्दार कर्मचारीको नियतिजस्ता विषयलाई पुस्तकले उठान गरेको छ”, सुवेदीले भने, “पुस्तकले सार्वजनिक सेवा क्षेत्रका विसङ्गति हटाउन र सुशासन कायम गराउन सम्बद्ध पक्षलाई झक्झकाउँछ, यसबाट राज्य संयन्त्रले पाठ लिन सक्नुपर्छ ।”
कथानक शैलीमा लेखिएको पुस्तक पठनीय र जानकारीमूलक रहेको उनले बताए । प्रशासनिक क्षेत्रबाहेक राजनीति, समाज, संस्कृति, आञ्चलिकता, प्रजातान्त्रिक आन्दोलनजस्ता विषयले पनि पुस्तकमा ठाउँ पाएका छन् । विसं २०३७ मा भएको जनमत सङ्ग्रहमा सहायक कर्मचारीका रुपमा म्याग्दीको ताकममा खटिएको प्रसङ्गलाई पनि बानियाँले उप्काएको छ ।
पर्वत राज्यको एतिहासिकतादेखि सरकारी सेवाका अवधिमा विभिन्न जिल्लामा पुग्दाका यात्रा वर्णनलाई पनि उनले पुस्तकमा समेटेको छ । “जति लेखेँ, इमान्दार भएर लेखेँ, गलत कुरा र प्रवृत्तिको विरोध गरेको छु, समाज र राज्य व्यवस्थाका कमीकमजोरी औँल्याएको छु”, बानियाँले भने, “मालपोतलाई भ्रष्ट अड्डाका रुपमा हेर्ने नजिरिया छ, म त्यसबाट जोगिएँ र इमानको बाटो समातेँ ।”
समाजसँग सङ्गति नमिलेका आफ्ना भोगाइ र विचारलाई पुस्तकको आकार दिएको उनले बताए । बानियाँले पुस्तकको आखिरीतिर जागिरे जीवनबाट निवृत्त हुँदा खेत रोपाइँको मैजारोपछि जुवाबाट मुक्त भएको गौरुको काँधझैँ आफ्नो मनमष्तिष्कको बोझ हलुका भएको टिप्पणी गरेको छ ।
विसं २०३३ मा शिक्षक बनेर जागिरे जीवन सुरु गर्नुभएका बानियाँ विसं २०७४ मा मालपोत अधिकृतबाट सेवानिवृत्त भएको थियो । जागिरका सिलसिलामा उनी १६ जिल्ला पुगेको थियो । बत्तीस वर्ष मालपोत, साढे दुई वर्ष निर्वाचन आयोग, सामान्य प्रशासन मन्त्रालय र निजामति किताबखानामा एक वर्ष, गृह मन्त्रालयमा सात महिना र खानेपानी विभागमाले पाँच महिना काम गरेको थियो ।
म्याग्दीको बेनी नगरपालिका(७ मा जन्मनुभएका बानियाँको यसअघि ‘केही अनुभव स् केही अनुभूति’ नियात्रा (२०६३), ‘म्याग्दीको बानियाँ बंश’ सामाजिक इतिहास (२०६५) र ‘पुलस्त्य(पुलहाश्रमको परिचय र महत्व’ धार्मिक इतिहास (२०६६) प्रकाशित छ । उनको पछिल्लो संस्मरण कृति ‘शिखा बुक्स’ले प्रकाशित गरेको हो । बानियाँ पुलस्त्य साहित्य प्रतिष्ठान म्याग्दीका अध्यक्षसमेत हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
मिथिला मिथकको प्रकाशनः मैथिली संस्कृतिको दस्तावेजीकरण
कात्तिक १२, २०८१ सोमबार
स्वयम्भु शाक्यको पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा
कात्तिक १२, २०८१ सोमबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार