अलमलमा सरकारः पदको लोभमा अस्थिर बन्दै गएका सत्ताधारी दलहरुले शक्तिशाली सरकार देलान् ?
भेषराज पोखरेल
माघ २१, २०७९ शनिबार १३:२४:२
सरकार गठन भएको लामो समय बितिसक्दा पनि प्रचण्ड अलमलमा रुमल्लिइरहेका छन् । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी तथा जनमत पार्टी संलग्न सरकार दह्रो, शक्तिशाली बन्ला, नयाँ रुपमा अघि बढ्ला तथा जनताका यावत् समस्याको समाधान गर्ला भन्ने आमआशामा तुषारापात हुने अवस्था देखिएको छ । सत्ताधारी दलहरु मन्त्री तथा राज्यसंयन्त्रका अन्य पदहरुको लोभमा फस्दा यस्तो अवस्था आउने संकेत देखिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नागरिकता सम्बन्धमा सर्वोच्चको संवैधानिक इजलाशबाट दोषी ठहर भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट राजीनामा दिन बाध्य भए । अहिले नागरिकता कानुनतः पुनः प्राप्त गरेपछि फेरि उनै पदमा दोहोरिन चाहन्छन् । माओवादी भने गृहमन्त्री पद आफ्नो हातमा आएको ठानेर लामिछानेलाई दिन चाहेको छैन । ती पद नपाए रास्वपा सरकारबाट बाहिरिने सो पार्टीका अध्यक्ष र प्रवक्ताले बताइसकेका छन् । राष्ट्रपतिको दाउमा रहेको एमालेका अध्यक्ष केपी ओलीले भने गृहमन्त्री रास्वपाकै भागमा भएको बताएका छन् । सरकार गठबन्धनका दलहरुको मानसिकतालाई हेर्दा सरकार अस्थिर बन्दै गएको छ । अझ समय बित्दै जाँदा अन्य पद र शक्तिका कारण अस्थिर बन्दै जाने पनि स्पष्ट भएको छ ।
प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले र अन्य दलको सहयोगमा सरकार सञ्चालन गर्नु परे पनि कुनै न कुनै उपायद्वारा एमाले र सो दलका अध्यक्ष केपी ओलीको प्रभाव कम गर्न चाहन्छन् । सचेत र शिष्ट राजनीति गर्ने प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलको सम्मान गर्नु त राम्रो हो तर दाहालले त्यसो नभएर शक्तिको एउटा धुरी बचाउन खोजेका देखिन्छ । कतै राष्ट्रपति र अन्य पद चुहिन्छ कि भन्ने आशामा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र उनका सहयोगीलाई रिझाए कनै दिन काम लाग्छ भन्ने मानसिकतामा उनी कांग्रेसप्रति नरम देखिएका हुन् । दाहालले एकलौटी रुपमा कांग्रेसलाई दिन सक्ने कुनै पनि पद भने उनको हातमा छैन ।
दाहालले ओलीको हेपाहा प्रवृत्ति, दम्भी स्वभाव त देखेकै छन् । उनले समय आउँदा आफ्नो दम्भ पूरा गर्न जुनसुकै निर्णय गर्न पछि पर्दैनन् भन्ने कुरा उनलाई थाहा छ । यस्तो अवस्थामा आफ्नो चरम महत्वाकांक्षा पूरा हुने तथा आफ्नो अस्तित्व जोगिने बाटो कहाँ खोज्ने ?
अर्कातिर सरकार प्रचण्डको नेतृत्वमा बने पनि सभामुख, राष्ट्रपतिदेखि अन्य महत्वपूर्ण संवैधानिक पद एमालेको भागमा पर्ने भएकाले जसरी पनि यो गठबन्धनलाई छुटाउन चाहन्नन् केपी ओली र उनका सहयोगीहरु । उनले दाहाल कांग्रेसतिर नरम बनेको देखेर कांग्रेसलाई लल्कार्दै गृहराज्यमन्त्री दिए पनि कांग्रेस सरकारमा आउन तयार छ भनेका छन् । उनले कांग्रेसको हैसियत नै नभएको बताएका छन् ।
यो गठबन्धन सिद्धान्तनिष्ठ तथा सिद्धान्तमा आधारित गठबन्धन होइन । सबै दल र तिनका नेताहरुले समयको लाभ लिन गठबन्धनमा सामेल भएका हुन् । सत्ता र शक्तिको लोभमा जे पनि गर्ने नेपाली नेताको प्रवृत्ति अहिले त्यत्तिकै हट्ने कुरा भएन । नयाँ बनेका दलका नेताहरुमा पनि त्यो प्रवृत्ति हावी नै भएको देखिन्छ । अहिलेको गठबन्धनले भविष्यमा वाम एकताको डोरेटो कोर्ने अवस्था पनि देखाउँदैन । तत्कालको लाभका लागि अर्थात् प्रधानमन्त्री पाइने भएपछि प्रचण्ड दौडेर ओलीसँग मिल्न गएका हुन् भने ओलीले पनि सत्ता र शक्ति गुमेको र गुम्ने अवस्थामा प्रचण्डलाई प्रधानमन्त्री बनाएर अरु महत्वपूर्ण पद पाइने भएपछि छाड्ने कुरा भएन ।
नेपालमा कम्युनिष्ट शक्ति बचाउने हो भने यो गठबन्धनको सरकार अघि बढाउन एमाले र माओवादी केन्द्रका नेताहरुले अति लोभ र दभ त्याग्नै पर्छ । आपसमा सहकार्य गर्न खोज्ने तर पछाडि छुरा बोकेर भयो भने त्यसले कम्युनिष्ट दलहरुप्रतिको जनताको आस्था पूर्णरुपमा हटेर जानेछ ।
प्रचण्ड र ओली एक अर्कालाई जहिले पनि शंकाको दृष्टिले हेरिरहन्छन् । अझ प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा कहिले कांग्रेसलाई लोभ्याउने कहिले पार्टीबाहेकका स्वतन्त्र व्यक्तिलाई बनाउने भन्दै हिँडेपछि ओली सशंकित हुने नै भए । दाहालले ओलीको हेपाहा प्रवृत्ति, दम्भी स्वभाव त देखेकै छन् । उनले समय आउँदा आफ्नो दम्भ पूरा गर्न जुनसुकै निर्णय गर्न पछि पर्दैनन् भन्ने कुरा उनलाई थाहा छ । यस्तो अवस्थामा आफ्नो चरम महत्वाकांक्षा पूरा हुने तथा आफ्नो अस्तित्व जोगिने बाटो कहाँ खोज्ने ? अर्को, कम्युनिष्ट नजिक जस्तो देखिएका दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीका सिद्धान्त स्थापित हुने अवस्था पनि देखिन्न । राप्रपा नयाँ रुपमा आएजस्तो देखिए पनि त्यसका नेताहरुको स्वभाव पाएको अवसरको भरपूर लाभ लिनुपर्छ, पछि देखाजाला भन्ने नै हो । यस्तो अवस्थामा सरकार बलियो हुने कुरै भएन ।
दलहरु र तिनका नेताहरुको यही मानसिकता रहिरहे बजेट बनाउँदा पनि तानातान हुनेछ । प्रधानमन्त्रीले चाहेजस्ता योजना बजेटमा ल्याउन सक्ने छैनन् । त्यस्तै विष्णु पौडेलले अर्थमन्त्री भए पनि उनले तथा उनको दल एमालेले चाहेजस्तो बजेट बनाउन सक्ने छैनन् । अरु साना दल तथा तिनका नेताले पनि आफ्ना स्वार्थका योजना ल्याउन दबाब दिनेछन् । यदि सिद्धान्तमा आधारित गठबन्धन भएको भए दलका नेताहरुले यो सरकारलाई जसरी पनि विशेष प्रारुपमा हिँडाएर देशलाई गति दिनुपर्छ भन्ने लाग्थ्यो । पदका विषयमा कुनै खालको विमति हुने थिएन । पदलाई थाती राखेर सरकारका कामको अवस्थाप्रति ध्यान दिइन्थ्यो । त्यो त अहिलेसम्म कतै देखिएको छैन ।
सरकार स्वाभाविक रुपमै अस्थिर बन्दै गएको छ । यो अवस्थामा कांग्रेसले केही पाइन्छ कि वा सरकार ढले सरकार चलाउन पाइएला कि भनेर र्याल चुहाएर बस्नु ज्यादै ठूलो भूल हुनेछ । कांग्रेसले यो पदको लोभ गरेको छ, प्रचण्डसँग यस्तो सहमति गरेको छ भन्ने सुनिनु भनेको कांग्रेसका लागि राम्रो होइन । यसले जनतामा कांग्रेसले राम्रो काम गर्दैन भन्ने सन्देश जान्छ, त्यस्तो सन्देश गए उसका दुर्दिन सुरु हुनेछन् । सो दलका नेताहरुले जिम्मेवार प्रतिपक्षको भूमिका खेल्न सके जनता खुशी हुनेछन् ।
सरकारभित्र खटपट भएर कुनै अवस्था आए सरकारको विकल्प प्रतिपक्ष हो नै । अर्को, नेपालमा कम्युनिष्ट शक्ति बचाउने हो भने यो गठबन्धनको सरकार अघि बढाउन एमाले र माओवादी केन्द्रका नेताहरुले अति लोभ र दभ त्याग्नै पर्छ । आपसमा सहकार्य गर्न खोज्ने तर पछाडि छुरा बोकेर भयो भने त्यसले कम्युनिष्ट दलहरुप्रतिको जनताको आस्था पूर्णरुपमा हटेर जानेछ । रास्वपा, जनमत र राप्रपाका नेताहरुले सरकारमा कस्तो भूमिका खेल्छन् त्यसैका आधारमा जनताले तिनको कुरा सुन्नेछन् । अति लोभ र दम्भले विचारलाई पनि निलिदिन्छ भन्ने कुरा सबैले मनन गर्नैपर्ला ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपकानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार