तुलसी नगरपालिकाकाे लगानी ट्रेड टावर निर्माण कार्य सुरू
नेपालबहस संवाददाता
माघ २०, २०७९ शुक्रबार १८:३९:१
२० माघ, दाङ । तुलसीपुरमा निर्माण हुन लागेको ट्रेड टावर निर्माणको काम अघि बढेको छ । तुलसीपुर उपमहानगरपालिकाको रु साढे १४ करोड लागतमा बहुउद्देश्यीय व्यापारिक भवन तथा तुलसी ट्रेड टावर निर्माण हुन लागेको हो ।
लिफ्टसहित सात तलाको टावर निर्माणका लागि अहिले जग निर्माण गर्ने कार्य भइरहेको छ । साढे १७ मिटर लम्बाइ र ३४ मिटर चौडाइ रहेको टावरको निर्माण तीन वर्षमा पूरा गर्नेगरी सम्झौता भएको छ । रु २३ करोडमा बोलपत्र आह्वान गरिए पनि समानान्तर, डायनामिक, नारायणम जेभीले भ्याटबाहेक रु साढे १४ करोडमा ठेक्का लिएको बताइएको छ ।
कूल लागतमध्ये ७० प्रतिशत रकम नगर विकास कोषको ऋण र ३० प्रतिशत रकम तुलसीपुर उपमहानगरको लगानीमा निर्माण हुन लागेको हो । ‘भूमिगत गाडी पार्किङ’ पनि निर्माण हुनेछ ।
उपमहानगरपालिकाको उत्तरतर्फ रहेको १० कट्ठा क्षेत्रफलमा निर्माण गर्न लागिएको टावरको व्यापारिक भवनमा पार्किङदेखि विभिन्न व्यापार, बैंकिङ कारोबार, सभाहल, रेष्टुरेन्ट सञ्चालनमा आउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार