सुदूरमा विद्युतको उत्पादन दोब्बर, ५३.७९ मेगावाट केन्द्रिय प्रसारणमा जोडियो
नेपालबहस संवाददाता
माघ २०, २०७९ शुक्रबार १८:४६:३४
२० माघ, बझाङ । बझाङको कालंगा बेसिनमा निर्माणाधीन तीन मध्ये दुई जलविद्युत आयोजनाको निर्माण कार्य पुरा भएपछि ५३.७९ मेगावाट विद्युत केन्द्रिय प्रसारण लाईनमा प्रबाह गरिएको छ ।
निजी क्षेत्रबाट निर्माण सम्पन्न भएका यी दुबै सुदूर पश्चिमका ठूला जलविद्युत आयोजना हुन् । योसंगै सुदूर पश्चिममा विद्युतको उत्पादन दोब्बर भएको छ । कालंगा हाइड्रो लिमिटेडका सञ्चालक तिर्थराज चटौतले निर्माण पुरा भएका ३८.४६ मेगावाट क्षमताको अपर कालंगा जल विद्युत आयोजना र १५.३३ मेगावाट क्षमताको कालंगा जल विद्युत आयोजनाको विद्युत १३२ केभी प्रसारण लाईनमा प्रवाह गरिएको बताए ।
आन्तरिक संरचनाहरुंगै प्रसारण लाइनमा विद्युत प्रवाह गर्नुअघि कुनै समस्या रहे÷नरहेकोबारे हेर्नका लागि परीक्षण गरिएकोमा दुबै आयोजनाको परीक्षण सफल भएपछि डेढ साताको फरकमा कालंगा बेसिनमा निर्मित परियोजनाहरुको विद्युत केन्द्रीय प्रसारण लाईनमा प्रवाह गरिएको हो ।
कालंगा गाड जल विद्युत आयोजनाको विद्युत गृह देखि दार्चुलाको बलाँच सब स्टेसनसम्मको ३७.८५ किलोमिटर लामो प्रसारण लाइन र आन्तरिक संरचनाहरुको परीक्षण सफल भएको हो । कालंगा बेसिनमा निर्माणाधीन तेस्रो १०.७ मेगावाटको सानी गाड जलविद्युत आयोजनाबाट पनि चैत मसान्तभित्र विद्युत उत्पादन हुने चटौतले जानकारी दिए ।
निर्माण सम्पन्न भईसकेको कालंगा बेसिनको तेस्रो आयोजनाले परीक्षण पछि विद्युत उत्पादन शुरु गर्ने छ । त्योसंगै सुदूर पश्चिममा निजी क्षेत्रको कालंगा हाईड्रो लिमिटेडले एउटै बेसनमा ६४.४९ मेगावट विद्युत उत्पादन गर्नेछ ।
कालंगा हाइड्रो लिमिटेडका अध्यक्ष उमेश श्रेष्ठले निर्माण सम्पन्न भएका दुईटै आयोजनाको विद्युत केन्द्रीय प्रसारण लाईनमा प्रवाह भएपछि खुशी व्यक्त गर्दै श्रेष्ठले निर्माण कार्यमा संलग्न सबै पक्षलाई धन्यवाद दिए । कालंगा बेसिनमा तीन वटा आयोजना निर्माणमा लागि कालंगा हाइड्रो लिमिटेडले ११ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेको छ ।
यी तिनै वटा आयोजना विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता ‘पीपीए’ मा उल्लेख भएको सययतालिका भन्दा ढिलो गरी सञ्चालनमा आएका हुन् । भौगोलिक विकटता, स्थानीय अवरोध, कोराना ‘कोभिड–१९’ महामारी, गत वर्ष बर्खामा आएको भीषण बाढीले सबै आयोजनाको संरचनामा क्षति पु¥याएका कारण कलंगा विद्युत उत्पादनको तालिका पटक–पटक परिवर्तन गर्नु परेको कालंगा हाईड्रो लिमिटेडले जनाएको छ ।
११ अर्ब रुपैयाको लागतमा निर्मित तीन वटै आयोजनाको सिभिल तथा हाइड्रो मेकानिकल तर्फको सम्पूर्ण काम नेपालकै सुनाम इन्फ्रास्ट्रक्चर निर्माण प्रालिले गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार