खानेपानीको महसुल नबुझाउने ग्राहकसँग बक्यौला असुली गर्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
माघ २०, २०७९ शुक्रबार २०:६:३३
![](https://nepalbahas.prixacdn.net/media/albums/khanepani-sasthan_wdCkj7noyS.jpg)
२० माघ, वीरगञ्ज । नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने ग्राहकसँग कानुनी प्रक्रियाबाट बक्यौला असुली गर्ने भएको छ ।
पानी उपभोग गर्ने तर महसुल नबुझाउनेको संख्या बढ्दै
गएपछि संस्थानले पहिलो चरणमा रू ५० हजारभन्दा बढी बक्यौता राख्ने पाँच सय ४२ जना ग्राहकको नाम कालोसूचीमा राखेर प्रकाशन गरेको छ ।
कालोसूचीमा रहेका ग्राहकले बक्यौता बुझाउन आलटाल गर्दै आएपछि संस्थानले कानुनी प्रक्रियाबाट रकम असुली गर्ने तयारी गरेको खानेपानी संस्थान वीरगञ्जले जनाएको छ ।
ग्राहकबाट रू १२ करोड २५ लाख ७९ हजार ९९ बक्यौता रकम उठाउन बाँकी रहेको संस्थानले जनाएको छ । एउटै ग्राहकबाट रू एक लाखभन्दा बढी बक्यौता उठाउनुपर्ने देखिएकाले धाराको लाइन काटेर बक्यौता असुल गर्ने योजना बनाइएको खानेपानी संस्थान वीरगञ्जका प्रमुख निरण महर्जनले जानकारी दिए ।
खानेपानी उपभोग गरेबापत महशुल नबुझाउनेमा पूर्वमन्त्री, पूर्व न्यायाधीश, उद्योगी व्यवसायी, समाजसेवी, विभिन्न दलका नेता, कर्मचारी प्रशासकको नामसमेत रहेको संस्थानका प्रमुख महर्जनले बताए ।
महशुल नतिर्नेको नाम स्थानीय तहका वडामा टाँस गरिएको र पटक–पटक स्थानीय पत्रिकामा सार्वजनिक गर्दा समेत रकम उठाउन नसकिएको प्रमुख महर्जनको भनाइ छ ।
वीरगञ्ज महानगरपालिकाभित्र खानेपानी संस्थानका सात हजार ५०० ग्राहक रहेकामा छ हजारले नियमित महशुल तिरिरहेका छन् ।
उनले पुरानो बक्यौताको रकम उठाउन नसकिएको भन्दै ताकेता गर्दा पनि रकम नउठेपछि कानुनी प्रक्रिया थालिएको बताए । “अझै पनि रकम असुली नभए विद्यमान खानेपानी संस्थानको ऐन परिमार्जन गरेर बैंकिङ कारोबार रोक्नेगरी कानुन परिमार्जनको तयारीमा छौँ”, प्रमुख महर्जनले भने ।
अब बन्ने ऐनमा स्थानीय तहले दिने सिफारिस तथा मालपोतमा घर जग्गा रजिष्ट्रेसन पास गर्दा अनिवार्य पानीको महशुल तिरेको बिल पेस गर्नुपर्ने कानुनी प्रावधान भए मात्र पुरानो महशुल उठाउन सकिने उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘रेटिङ’मा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’
फागुन ४, २०८१ आइतबार
माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु
फागुन ३, २०८१ शनिबार
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न
फागुन १, २०८१ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार