सत्तापक्षीय मोर्चामा खटपट आउँदा विपक्षी मोर्चामा जमघटको तयारी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
माघ २०, २०७९ शुक्रबार २०:४१:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/1529830775Deuba-1_aKhofo0t6a_haKmGkejiJ.jpg)
२० माघ, काठमाडौं । सरकार सञ्चालन र भागबण्डा प्राप्तीका विषयमा सत्ता साझेदार दलहरुबीच खटपट चलिरहेका बेला प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको छ । राष्ट्रपतिमा राष्ट्रिय सहमति गराउने प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको दल नेकपा माओवादी केन्द्र लागेपछि सुरु भएको सत्ता गठबन्धनको विवाद अहिले गृहमन्त्री र गृह मन्त्रालयको विषय चरम उत्कर्षमा छ ।
यसैबेला प्रमुख प्रतिपक्षी दल कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ । शनिबार बिहान ११ बजे पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको हो । बैठका सरकारमा सहभागि नभएका सबै दलका शीर्ष नेताहरुलाई बोलाइएको छ । विपक्षी दलहरुको बैठक पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा देखिएको अस्थिरता, सत्तारुढ दलबीचमा बढदै गएको मतभिन्नताले आगामी दिनमा पार्ने असरबारे छलफल गर्न बोलाइएको हो ।
योसँगै राष्ट्रियसभामा रिक्त एक सांसद पदको उपनिर्वाचन, उपाध्यक्षको निर्वाचन र राष्ट्रपति निर्वाचको विषयमा विपक्षी दलहरुको साझा धारण कसरी बनाउन सकिन्छ भनेर छलफल गर्न बैठक डाकिएका कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् । राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन माघ २३ गते हुँदै छ । यस्तै निर्वाचन आयोगले फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेको छ । दुई निर्वाचनका लागि प्रतिपक्षी दलहरू कसरी अघि बढ्ने भनेर कांग्रेसले तयारी गर्न बैठक बोलाएको हो ।
पुस १० गते तत्कालीन गठबन्धन टुटेर एमाले, माओवादीसहितको सातदलीय गठबन्धन बनेपछि कांग्रेस, नेकपा एकीकृत समाजवादीलगायत दल विपक्षमा छन् । तर, पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा यी दलहरूले पनि प्रधानमन्त्री प्रचण्डको पक्षमा विश्वासको मत हालेका थिए । त्यसपछि भएका सभामुख, उपसभामुख पदको निर्वाचनमा नयाँ गठबन्धन बन्ने आंकलन गरिएपनि भएको थिएन् ।
विपक्षमा रहेका दलहरूले फरक ढंगबाट गठबन्धन बनाउने प्रयास गरेका थिए । तर, प्रयास सफल हुन सकेन । राष्ट्रपति निर्वाचनमा भने कांग्रेसले वर्तमान गठबन्धन भत्काएर गोप्य मतदानको फाइदा उठाउँदै राष्ट्रपति निर्वाचनमा आफू सफल हुने तयारी गरिरहेको छ । त्यसकारण सरकारमा नभएका दलहरूसहित सरकारलाई समर्थन दिएको जसपा, नागरिक उन्मुक्ति पार्टीलाई पनि कांग्रेसले विश्वासमा राख्न खोजिरहेको छ । त्यसैको प्रयासमा शनिबारका लागि बैठक बोलाइएको प्रवक्ता महतको भनाइ छ ।
अहिले सत्ता गठबन्धनमा आइरहेको खटपटले यो साझेदारी लामो समयसम्म जाननसक्ने निष्कर्ष विपक्षी दलहरुको छ । उनीहरुलेसमेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले प्रधानमन्त्री अप्ठ्यारोमा पर्दा के गर्ने भन्नबारे पनि विपक्ष दलमा छलफल चलिरहेको छ । संसदमा सबैभन्दा ठूलो दलको हैसियत बनाएको नेपाली कांग्रेससहितका विपक्षी दलहरु कोर्ष करेक्सन गरेर पुरानो बाम लोकतान्त्रिक गठबन्धनलाई व्युताउने प्रयासमा पनि छन् । यसबारे नेकपा माओवादीले पनि अप्रत्यक्ष रुपमा केहि संकेत पनि दिइरहेको छ । पछिल्लो समय एमालेसँगभन्दा कांग्रेसँग सहकार्य सहज हुने मनस्थितिमा प्रधानमन्त्री पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार