एमसीसी कुलमान घिसिङलाई बोकेर आइरहेको छः विप्लव
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
माघ २०, २०७९ शुक्रबार २२:२७:५
![](https://nepalbahas.prixacdn.net/media/albums/Biplop_BUJjz446Uk.jpg)
२० माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमसीसी परियोजना कम्युनिस्टलाई सिध्याउने योजनामा नेपाल प्रवेश भएको बताएका छन् ।
साम्राज्यवादले एमसीसीमार्फत विकासको लोभ देखाएर देशभित्रबाट विकास र परिवर्तनको योजनाकार कम्युनिष्ट खत्तम पार्ने योजनाअनुरूप काम गरिरहेको बताए ।नेपाल कम्युनिस्ट पार्टी पश्चिम लुम्बिनी ब्युरोको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै महासचिव विप्लवले साम्राज्यवादले संसदीय कम्युनिस्टलाई भोट र क्रान्तिकारी कम्युनिस्टलाई दमन गरेर सिध्याउने नीति लिएको बताए ।
महासचिव विप्लवले पछिल्लो चरणमा एमसीसीको केही नलाग्ने भएपछि कुलमान घिसिङलाई प्रयोग गरेर लफसिफेदीमा जग्गा कब्जा गर्नतिर लागेको बताए । एमसीसी देशभित्र रहन दिएसम्म नेपालमा राजनीतिक संकट थप बढेर जाने उनको भनाइ थियो । नेपाली जनताको अधिकार र स्वाधीनताको लडाइँमा कुलमान प्रयोग हुन नहुने उनको भनाइ छ ।
उनले माथिल्लो कर्णाली परियोजनामा भारतीय कम्पनीले राष्ट्रघात जारी राखेको भन्दै परियोजना नेपालले बनाउने मुद्दामा नेकपाले निरन्तर लड्ने बताए । ‘माथिल्लो कर्णाली बचाउन ज्यान दिने कार्यकर्ता हाम्रा नै छन् र देशका लागि ज्यान दिने पार्टी पनि हाम्रो हो । जनआधारित पार्टी र नेता कार्यकर्ता बनाउने जनताले नै हो । त्यसैले आफ्ना सुख दुःखमा भेट्न पाउने कार्ययोजना पार्टीले लिएको छ’ उनले भने । एमसीसी अमेरिकी सेना नेपालभित्र प्रवेश गराएर अखडा तयार पार्ने उद्देश्यले आएको भन्दै नेकपाले एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गर्दै आइरहेको छ ।
एमसीसी परियोजनामा आएको रकमले काठमाडौंको लफ्सीफेदीदेखि रुपन्देहीको सुनौलसम्म विद्युत प्रसारण लाइन निर्माण गर्ने भनिएको छ । सो क्रममा लफ्सीफेदीमा नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन टावर निर्माणका लागि जग्गा अधिग्रहणको कामलाई अगाडि बढाइरहेको छ ।
सो क्रममा स्थानीय बासिन्दा जग्गा दिन अस्वीकार गर्दै प्रदर्शमा उत्रिएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीयसँग पटकपटक वार्ता गरेका छन् । वार्ता अझै मिलेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाको बैठक सुरु
फागुन ६, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार