कर्णालीमा लागूऔषध दुर्व्यसनी विकराल अवस्थामा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
माघ २०, २०७९ शुक्रबार २३:१८:५३
![](https://nepalbahas.prixacdn.net/media/albums/Province-karnali_20190102040505_ZzRLS6zGl4.jpg)
२० माघ, सुर्खेत । कर्णाली प्रदेशमा लागूऔषध दुर्व्यसनीको अवस्था विकराल बन्दै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । लागूऔषधको अवैध ओसारपसार र बिक्री वितरण रोक्ने विशेष पहल गर्नुपर्नेमा सरोकारवालाको जोड छ । सबैको समन्वयमा नै अहिले बढिरहेको लागूऔषध दुर्व्यसन नियन्त्रण गर्न सकिने उनीहरुको भनाइ छ ।
नागरिक समाजका अगुवा पिताम्बर ढकाल विभिन्न नाकामा कडाइ गर्नाका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सुझाव दिए । उनी भन्छन्, “प्रदेश भित्रिने नाकामा कडाइ गर्नुपर्छ, कडाइ मात्र गरेर भएन, सचेतनाका कार्यक्रम आम नागरिकसम्म पुर्याउन सके मात्रै लागूऔषध न्यूनीकरण गर्न सकिन्छ ।”
पछिल्लो समय कर्णालीमा लागूऔषध दुव्र्यसनी बढिरहेको बताउँदै यसको न्यूनीकरणमा अहिलेदेखि नै नलागे भयावह स्थिति आउन सक्ने ढकालले बताउनुभयो । सरोकारवाला नारायण सुवेदीले पनि लागूऔषध दुर्व्यसन प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा रहेको भन्दै दुर्व्यसनी बढ्नुका कारणको खोजी हुनुपर्ने सुझाव दिए ।
गैरसरकारी संस्था र सरकारले सञ्चालन गरेका कार्यक्रम प्रभावकारी नभएको उहाँ बताउँँछन् । उनले भने, “लागूऔषध न्यूनीकरणका लागि कानुन कार्यान्वयनसँगै विभिन्न सरकारी तथा गैरसरकारी निकायले गरेका कार्यक्रमलाई प्रभावकारी बनाउन म सुझाव दिन्छु ।”
प्रदेश प्रहरी कार्यालयका अनुसार चालू आर्थिकको हालसम्म लागूऔषधको ओसारपसार, प्रयोग र बिक्री वितरणका ५५ मुद्दा प्रहरीमा दर्ता भएका छन् । उक्त घटनामा एक सय दुई जनालाई प्रतिवादी बनाई प्रहरीले पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए । त्यसमा ९८ पुरुष र सात महिला संलग्न रहेका छन् ।
गत आव २०७८/७९ मा ९५ मुद्दा प्रहरीमा दर्ता भएका थिए । त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले एक सय ७२ जनालाई मुद्दा दायर गरी पक्राउ गरेको थियो । प्रहरी प्रवक्ता श्रेष्ठले बर्सेनि लागूऔषध दुर्व्यसन बढेको भन्दै नियन्त्रणका लागि सबै पक्षले हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याए ।
“विद्यालय तहदेखि नै लागूऔषध नियन्त्रणसम्बन्धी सचेतना फैलाउन आवश्यक छ”, प्रवक्ता श्रेष्ठले भने, “अब सबै पक्षले हातेमालो नगरे कर्णाली प्रदेशमा लागूऔषध दुर्व्यसनी दर भयावह हुन सक्छ, त्यसैले विद्यालय तहदेखि सचेतनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार