अर्थतन्त्र गम्भिर अवास्थामा छ, सुधारको प्रयासमा छौँः प्रधानमन्त्री
नेपालबहस संवाददाता
माघ २०, २०७९ शनिबार १:२१:५९
२० माघ, सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र गम्भीर मोडमा रहेको भन्दै त्यसलाई सुधारका लागि सरकारले प्रयत्न गरिहेको बताएका छन् । उनले अहिले सरकारका अगाडी आर्थिक क्षेत्र चुनौतीका रुपमा रहेपनि त्यसलाई सुधारेर ठिक ठाउँमा ल्याउन सरकारले कोसिस गरिहेको बताएका छन् । अर्थतन्त्र सुधारका लागि सबै क्षेत्रसँग छलफल भइरहेको उनको भनाइ छ ।
शुक्रबार दिउँसो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५, चनौटेस्थित चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री प्रचण्डले गम्भीर अवस्थामा रहेको देशको अर्थतन्त्र सुधार्ने अठोट पनि लिएका छन् । उनले भने, ‘देशको सिंगो अर्थतन्त्रमा गम्भीर समस्या आएको छ । तपाइँहरूले केही कुरा सुन्नु भएकै होला, मैले प्रधानमन्त्री बनेसँगै यी समस्या हल गर्ने अठोट लिएको छु । केही सकरात्मक संकेत पनि देखिएको पनि छ ।’
प्रचण्डले आफूले तेश्रो पटक सरकारको जिम्मेवारी सम्हालेपछि मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने निश्चय लिएको बताए । यसका लागि निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने लक्ष्य राखिएको उनको भनाइ थियो । बैंक र व्यवसायीबीच सहज सहकार्यको स्थिति सिर्जना भएकाले अर्थतन्त्रले क्रमशः विकासको गति लिनेमा आफु ढुक्क रहेको प्रधानमन्त्रीले बताए ।
यस क्रममा उनले नेपालका लागि चिनियाँ सहयोगको खुलेर प्रसंसा गरेका थिए । साथै सिन्धुपाल्चोकमा भूकम्प र बाढीबाट पीडित बस्तीलाई पुनर्वास गराउन आफू तयार रहेको उनले बताएका थिए । चनौटेमा चीनको एक अर्बभन्दा बढी लागतमा र्निर्मित विद्यालयका अत्याधुनिक सुविधायुक्त ६ वटा भवन चिनियाँ मोडेल अनुसार निर्मित छन् । भवन निर्माणमा बालुवा, गिटी र ढुंगा मात्रै नेपालको प्रयोग भएको छ । अन्य सबै सामग्री चीनबाटै ल्याएर चिनियाँ मजदुरबाट बनाइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार