कांग्रेसले राष्ट्रपति निर्वाचन र राष्ट्रिय राजनीतिबारे विपक्षी दलहरुसँग छलफल गर्दै
नेपालबहस संवाददाता
माघ २१, २०७९ शनिबार १४:४२:३०
२१ माघ, काठमाडौं । नेपाली कांग्रेसले आसन्न राष्ट्रपतिको निर्वाचन र राष्ट्रिय राजनीतिक घटनाका विषय सरकारबाहिर रहेका राजनीतिक दलहरुसँग छलफल गर्दैछ । विपक्षी दलको बैठक बिहान ११ बजे सिंहदरवारमा राखिएको छ । सरकार सञ्चालन र भागबण्डा प्राप्तिका विषयमा सत्ता साझेदार दलहरुबीच खटपट चलिरहेका बेला प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको हो ।
सत्ता गठबन्धनमा गृहमन्त्री र गृह मन्त्रालयको विषय चरम उत्कर्षमा छ । यसैबेला प्रमुख प्रतिपक्षी दल कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ । शनिबार बिहान ११ बजे पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको हो । बैठका सरकारमा सहभागी नभएका सबै दलका शीर्ष नेताहरुलाई बोलाइएको छ । विपक्षी दलहरुको बैठक पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा देखिएको अस्थिरता, सत्तारुढ दलबीचमा बढदै गएको मतभिन्नताले आगामी दिनमा पार्ने असरबारे छलफल गर्न बोलाइएको हो ।
राष्ट्रियसभामा रिक्त एक सांसद पदको उपनिर्वाचन, उपाध्यक्षको निर्वाचन र राष्ट्रपति निर्वाचको विषयमा विपक्षी दलहरुको साझा धारण कसरी बनाउन सकिन्छ भनेर छलफल गर्न बैठक डाकिएका कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् । राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन माघ २३ गते हुँदै छ । यस्तै निर्वाचन आयोगले फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेको छ । दुई निर्वाचनका लागि प्रतिपक्षी दलहरू कसरी अघि बढ्ने भनेर कांग्रेसले तयारी गर्न बैठक बोलाएको हो ।
पुस १० गते तत्कालीन गठबन्धन टुटेर एमाले, माओवादीसहितको सातदलीय गठबन्धन बनेपछि कांग्रेस, नेकपा एकीकृत समाजवादीलगायत दल विपक्षमा छन् । तर, पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा यी दलहरूले पनि प्रधानमन्त्री प्रचण्डको पक्षमा विश्वासको मत हालेका थिए । त्यसपछि भएका सभामुख, उपसभामुख पदको निर्वाचनमा नयाँ गठबन्धन बन्ने आंकलन गरिएपनि भएको थिएन् ।
विपक्षमा रहेका दलहरूले फरक ढंगबाट गठबन्धन बनाउने प्रयास गरेका थिए । तर, प्रयास सफल हुन सकेन । राष्ट्रपति निर्वाचनमा भने कांग्रेसले वर्तमान गठबन्धन भत्काएर गोप्य मतदानको फाइदा उठाउँदै राष्ट्रपति निर्वाचनमा आफू सफल हुने तयारी गरिरहेको छ । त्यसकारण सरकारमा नभएका दलहरूसहित सरकारलाई समर्थन दिएको जसपा, नागरिक उन्मुक्ति पार्टीलाई पनि कांग्रेसले विश्वासमा राख्न खोजिरहेको छ । त्यसैको प्रयासमा शनिबारका लागि बैठक बोलाइएको प्रवक्ता महतको भनाइ छ ।
अहिले सत्ता गठबन्धनमा आइरहेको खटपटले यो साझेदारी लामो समयसम्म जान नसक्ने निष्कर्ष विपक्षी दलहरुको छ । उनीहरुले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले प्रधानमन्त्री अप्ठ्यारोमा पर्दा के गर्ने भन्नबारे पनि विपक्ष दलमा छलफल चलिरहेको छ । संसदमा सबैभन्दा ठूलो दलको हैसियत बनाएको नेपाली कांग्रेससहितका विपक्षी दलहरु कोर्ष करेक्सन गरेर पुरानो बाम लोकतान्त्रिक गठबन्धनलाई व्युताउने प्रयासमा पनि छन् । यसबारे नेकपा माओवादीले पनि अप्रत्यक्ष रुपमा केहि संकेत पनि दिइरहेको छ । पछिल्लो समय एमालेसँगभन्दा कांग्रेसँग सहकार्य सहज हुने मनस्थितिमा प्रधानमन्त्री पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक
मंसिर ८, २०८१ शनिबार
पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार
सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुदाँ १४ जना घाइते
मंसिर ८, २०८१ शनिबार
चार महिनामा साढे चार खर्बभन्दा बढीको व्यापार घाटा
मंसिर ८, २०८१ शनिबार