रास्वपाको माग सम्बोधन नगर्ने रणनीतिमा प्रचण्ड, नेकपा एसतिर बढाए हात
नेपालबहस संवाददाता
माघ २१, २०७९ शनिबार १४:५५:५१
२१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई गृह मन्त्रालय नदिने संकेत गरेका छन् ।गृह मन्त्रालयकै कारणबाट अहिले सरकारमा सहभागL भएका दलहरुले सहज रुपमा सरकार सञ्चालनमा गर्न नदिने अवस्था देखेपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिएका दलहरुतर्फ हात अघि बढाएका हुन् । सरकार चलाउन पहिले बनेको गठबनधन नै पर्याप्त भएपनि यसबाट कुनैपनि बेला धोका हुने डर प्रधानमन्त्रीमा छ ।
रास्वपासँग गृहको विवाद साम्य हुने भन्दा चर्किन परिस्थितिलाई बीचमा राखेर शुक्रबार नेकपा एकीकृत समाजवादीसँग छलफल गर्न प्रचण्डले पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा भौतिक पुर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठलाई पठाएपछि सत्ता गठबनधनभित्र र बाहिर फरक खालले राजनीतिक विषयहरु उठान हुन थालेका छन् । शुत्रबार उनले माधव नेपालको साथ लिन श्रेष्ठलाई वार्ताका लागि पठाएको बुझिएको छ ।
माधव नेपाल नेतृत्वको नेकपा एसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छ । गृह मन्त्रालय नपाए सरकारमा रहेको रास्वपाले सरकारबाट बाहिरिने धम्की दिइरहेका बेला प्रचण्डले सरकारमा नेकपा एसलाई समावेश गर्न चाहेको कुरा प्रष्टै छ । यसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असहमति जनाएपनि प्रचण्ड नेकपा एसलाई सहभागी गराउने निर्णयमा पुगिसकेको बताइन्छ ।
उपप्रधानमन्त्री श्रेष्ठले छलफल गर्नु अघिल्लो दिन पनि एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए । रास्वपाले सरकारबाट बाहिरिने तयारी गरेर केन्द्रीय समिति र संसदीय दलको बैठक राखेकै समयमा पौडेल माओवादी हेडक्वार्टर पुगेका थिए । सो क्रममा सरकारमा सहभागिताबारे छलफल भएको थियो । त्यसलाई पूर्णता दिन श्रेष्ठले शुक्रबार नेपालसहितका नेतालाई भेटेका हुन् ।
उपप्रधानमन्त्री श्रेष्ठलाई दूत बनाएर माधव नेपालसँग भेटवार्ता गर्न पठाएपछि सत्ता गठबनधनको नेतृत्व गरिरहेको एमाले पनि झस्किएको छ । श्रेष्ठले एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेर माधव नेपालसँग छलफल गरेका थिए । प्रचण्ड अहिलेको गठबन्धन भत्कियो भने कांग्रेससहितको नयाँ गठबन्धन बनाउनेगरि अघि बढेको संन्देश पनि यसले दिएको छ । रास्वपाले सरकारमा रहने वा नरहने भन्नेबारे आज निर्णय लिदैछ । रास्वपाले गृहमन्त्रालय आफ्नो दलले पाएकोले त्यसमा दायाँबायाँ हुन नपाउने उसको जिकिर छ । तर, प्रधानमन्त्री प्रचण्ड भने कुनैपनि हालतमा सो मन्त्रालय अन्य दललाई नदिने अडानमा छन् ।
प्रचण्ड नेतृत्वको सरकारमाथि संकट आएमा यसको लागि कांग्रेस पनि तयार भएर बसेको छ । आज शनिबार कांग्रेसले सत्ताबाहिरका दलहरुसँग छलफल गर्दैछ । यसैपनि सभापति शेरबहादुर देउवाले प्रचण्डलाई साथदिने बचन यसअघि नै दिइसकेका छन् । यसैले पनि प्रधानमन्त्री रास्वपाका अध्यक्ष रवि लामिछाने र एमाले अध्यक्ष ओलीको घुर्किबाट डगमगाएका छैनन् । पछिल्लो समय अहिलेको गठबन्धन भत्किए मंसिर ४ गतेसम्म कायम रहेको पूरानै गठबन्धन व्युँतिने अड्कलबाजी भैरहेको छ । त्यसमा उपेन्द्र यादवको जसपालगायतका दल पनि मिसिन तयार देखिएका छन्
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार
मेक्सिकोको ट्रम्पलाई चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छौ'
मंसिर १२, २०८१ बुधबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार