रविलाई पुनः पदमा फर्किन संविधान बाधक, कांग्रेसका उम्मेदवारलाई चिठ्ठा !
नेपालबहस संवाददाता
माघ २१, २०७९ शनिबार १९:२८:८
२१ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सरकारमा जान र गृहमन्त्री हुन खोजेपनि नेपालको संविधान र कानुन बाधक देखिएको छ । संविधानको धारा २९१ ले उनलाई तीन महिनासम्म कुनै पनि नियुक्तिका लागि रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयबाट पुनः नागरिकता लिए पनि तीन महिनासम्म कुनै पनि नियुक्ति, मनोनयन वा निर्वाचित हुन संविधानले बञ्चित गरेपनि संविधान नै नपढी उनले मन्त्री हुन गरेको हठप्रति कानुनका ज्ञाताहरु अचम्मित भएका छन् ।
गत आइतबार जिल्ला प्रशासन कार्यालयले नागरिकता प्राप्त गरेपछि उनले गृह मन्त्रालय आफैले पाउने पर्ने माग गर्दे वालुवाटार–बालकोट धाएपनि संविधान अनुसार उनलाई कुनै पनि नियुक्ति दिन नमिल्ने देखिएको हो । अधिवक्ता राधिका खतिवडाले शुक्रबार साँझ सामाजिक सञ्जालमा संविधानमा भएको व्यवस्था पोष्ट गर्दै कुनै पनि नियुक्तिका लागि लामिछानेलाई बाधक रहेको उल्लेख गरेकी छिन् ।
‘यस संविधानमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपालको नागरिक यस संविधान बमोजिम निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचित, मनोनीत वा नियुक्तिको लागि योग्य हुने छैन । तर त्यस्तो विदेशको स्थायी आवासीय अनुमतिपत्र त्यागेको व्यक्तिलाई कम्तीमा तीन महिनाको अवधि व्यतित भएपछि त्यस्तो पदमा निर्वाचित, मनोनीत वा नियुक्त गर्न बाधा पर्ने छैन’, संविधानको धारा २९१ मा उल्लेख छ । संविधानको धारा २९१ मा उल्लेख भए अनुसार लामिछानेलाई अहिले कुनै पनि नियुक्ति दिन मिल्ने देखिदैन, संविधान अनुसार सबै ऐन नियम बनेका हुन्छन् सबैले पालाना गर्नुपर्छ देखिएको छ ।
लामिछाने विहिबार बिहान आफू अभिमन्यू नहुने भन्दै शनिवारसम्मको अल्टिमेटम दिएका थिए । उनी र उनको पार्टीले गृहमन्त्री तथा उपप्रधानमन्त्रीमा फिर्ता गर्नुपर्ने माग गरिरहेका छन् । नागरिकता पुनःप्राप्तिपछि पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पटकपटक भेटेर गृह मन्त्रालय फर्किन दबाब दिएपनि माओवादीको सिंगो पार्टी नै विपक्षमा उभिएको छ । प्रधानमन्त्री प्रचण्डले गैरसांसदका रुपमा मन्त्री बन्न रोकेका छन् । सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक नभएसम्म पदमा फर्काउन नमिल्ने भन्दै प्रचण्डले रोकेर राखेका हुन ।
सत्ता गठबन्धन दलहरू नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको सुझावअनुसार रास्वपाले सत्ता साझेदारीको निर्णयलाई ‘पर्ख र हेर’मा राखेको छ । बिहीबार रास्वपाको बैठक बस्नुअघि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधान एवं ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले रवि लामिछानेलाई फोन गरेर सोच विचार गर्न आग्रह गरेका थिए ।
यता चितवन–२ मा लामिछाने भारी मतले विजयी हुँदा दोस्रो भएका कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले कानुनका छिद्रहरु खोज्दै रिट हाल्ने तयारीमा छन् । यी दुई उम्मेदवारबीच झण्डै ३५ हजारको मतान्तर थियो, जुन देशभरमै सबैभन्दा धेरै हो । तेस्रो स्थानमा एमालेका कृष्णभक्त पोखरेल थिए । कांग्रेस उम्मेदवार श्रेष्ठले अहिले विजयी उम्मेदवारलाई अदालतले अयोग्य मानेपछि आफू स्वतः विजयी घोषणा हुनसक्ने आधारहरू उनी खोजिरहेका छन् । ‘तत्काललाई लामिछाने सत्तामा फर्कने संभावना निकै कमजोर छ’, नेकपा माओवादीका एक नेताले भने । माओवादी केन्द्रका कतिपय नेताहरूले उनीमाथिको राहदानी दुरुपयोगको जाहेरी प्रहरीमा पुगेकाले उनलाई मन्त्रालय दिन नसकिने बताएका छन् । उनी विरुद्ध पेश भएको जाहेरी प्रहरीले दर्ता नगरी फर्काएको छ, तर वैकल्पिक उपायबाट दर्ता भएमा उनलाई राजनीतिक रूपमा नै संकट पर्ने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
गाजामा इजरायली हमलामा बालबालिका सहित १९ जनाको मृत्यु
मंसिर ८, २०८१ शनिबार
बिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक
मंसिर ८, २०८१ शनिबार