संस्थापक गभर्नरको निधनबाट अर्थतन्त्रमा ठूलो क्षति : गभर्नर अधिकारी
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार १७:४८:५१
२२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकका संस्थापक गर्भनर हिमालय शमशेर राणाको निधनले मुलुकको अर्थतन्त्रमा अपूरणीय क्षति पुगेको बताएको छ ।
राणा निवास थापाथलीमा पुगी पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै गभर्नर अधिकारीले राणाको निधनले नेपालको अर्थतन्त्रमा निकै ठूलो क्षति भएको बताए । “समग्र अर्थतन्त्र र बैंकिङ क्षेत्रमा उनको निधनले ठूलो क्षति पुगेको छ, यो क्षेत्रले अभिभावक गुमाएको छ ।”
केन्द्रीय बैंकको सोच, आवश्यकता, स्थापना, दृष्टिकोण ल्याउने व्यक्तित्व राणाले मुलुकको आर्थिक क्षेत्रमा भएको योगदान चर्चा गरेर नसकिने भन्दै अधिकारीले राणाले अर्थसचिवका साथै नेपालको प्रतिनिधिकारुपमा संयुक्त राष्ट्र सङ्घमा काम गरेको स्मरण गरे ।
देशको सार्वभौमसम्बन्धी महत्वपूर्ण मुद्धा सम्वोधनका लागि बैंक स्थापना गरी नेपाली एकल मुद्राको सञ्चालन गर्ने अभियानकैरुपमा संस्थापक राणाले ठूलो योगदान गरेको थियो ।
भारतीय मुद्रासँग नेपाली मुद्राको उनको प्रयासमा भएको निर्धारण भएको सटही दर अहिले पनि कायम छ । गभर्नर अधिकारीले भने, “त्यस बेला नेपालमा भारतीय मुद्राको व्यापकरुपमा चलन चल्तीमा थियो, भारती मुद्रासँग नेपाली मुद्राको सटही दर कायम गर्ने ठूलो चूनौति थियो, सबै जनताको भावनालाई बुझेर तय गरेको उही दर हाल कायम छ ।”
राष्ट्र बैंकका संस्थापक राणाको आज विहान उपचारका क्रममा थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई निमोनियम संक्रमण भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार