सौराहामा प्रेम दिवसको अवसर पारेर ‘खाना महोत्सव’ हुने
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार १८:२१:४९
२२ माघ, भरतपुर । पर्यटकीय नगरी चितवनको सौराहामा प्रेम दिवसको अवसर पारेर ‘खाना महोत्सव’ हुने भएको छ । रेष्टुराँ एण्ड बार एशोसिएसन ‘रेवान’ सौराहाले १७औँ खाना महोत्सव आयोजना गर्न लागेको हो । महोत्सव यही माघ २९ देखि आगामी फागुन २ गतेसम्म सौराहाको सडकमा नै सञ्चालन गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा स्थानीय तथा विदेशी खानाका परिकारसँगै स्थानीय कला, संस्कृति, वेषभूषाको प्रदर्शनका साथै सौराहालाई पर्यटकीय गन्तव्यका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा चिनाइने कार्यक्रम संयोजक ध्रुव गिरीले जानकारी दिए । सडक किनारमै खाने र सडकमा नै सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने व्यवस्था मिलाइएको संयोजक गिरीले बताए ।
महोत्सवअन्तर्गत कार्यक्रमस्थल हात्तीचोकदेखि ड्याकसम्म सडकमै खाने र सडकमै रमाउने व्यवस्था मिलाइनेछ । यस्तै हरेक दिन बेलुका जनजातिको कला तथा संस्कृतिसहितको प्रदर्शनसमेत गरिनेछ ।
महोत्सव अवधिभर दैनिक पाँच हजार पर्यटकले अवलोकन गर्ने र सौराहामा रु तीन करोडको कारोबार हुने आयोजकको अनुमान छ । महोत्सवअन्तर्गत उज्यालो सौराहा, शैक्षिक विपन्न कोषमार्फत विपन्न र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग उपलब्ध गराउने र वातावरण प्रदूषण न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यले प्लाष्टिकजन्य पदार्थ न्यूनीकरणलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ ।
रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल सौराहाको आयोजनामा हुने महोत्सवमा रेवान महिला समूह, क्षेत्रीय होटल सङ्घ चितवन, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र साना पर्यटन व्यवसायी संस्था सहआयोजकका रुपमा रहेका छन् । महोत्सवमा नेपाल पर्यटन बोर्ड, बागमती प्रदेशको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय र रत्ननगर नगरपालिकाले सहकार्य गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार