कञ्चनपुर र कैलालीका चार नदीमा तटबन्ध निर्माण हुँदै
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार १८:३०:२३
२२ माघ, महेन्द्रनगर । जनताको तटबन्ध कार्यक्रमअन्तर्गत कञ्चनपुर र कैलालीका चार नदीमा तटबन्ध निर्माण भइरहेको छ । नदी तथा खोला नियन्त्रणका लागि कञ्चनपुरको महेन्द्रनगरमा स्थापना गरिएको जनताको तटबन्ध फिल्ड ७ नं कार्यालयले यहाँको महाकाली, दोदा, मोहना र कैलालीको खुटिया नदीमा तटबन्ध निर्माणको काम गरिरहेको हो ।
उक्त कार्यालयका प्रमुख श्रीप्रसाद साहले चार वटै नदीको विभिन्न स्थानमा नदी कटान नियन्त्रण गर्ने उद्देश्यले गत भदौदेखि तटबन्ध निर्माण दु्रत गतिमा भइरहेको जानकारी दिए । उनका अनुसार दोधारा चादँनी नगरपालिकातर्फ महाकाली नदीमा तटबन्ध निर्माण भइरहेको छ । यहाँ करिब दुई किलोमिटर तटबन्ध निर्माणका लागि रु सात करोड ५६ लाखमा ठेक्का सम्झौता भएको थियो ।
सो तटबन्ध निर्माण गत असोजदेखि शङ्कर–जोशी जेभीले गरिरहेको र दुई वर्षभित्र गरिसक्ने उक्त कार्यालयले जनाएको छ । त्यसैगरी यहाँको सबैभन्दा बढी कटान समस्या रहेको दोदा नदीको तटबन्ध पनि नियमितरूपमा हुँदै आएको छ । दोदा नदीको कटानले सबैभन्दा बढी लालझाडी गाउँपालिकाका नागरिक समस्यामा परेका छन् । उक्त गाउँपालिका–२ र ५ मा एक किलोमिटर तटबन्ध निर्माणाधीन अवस्थामा छ । उक्त तटबन्ध निर्माणका लागि रु तीन करोड १२ लाखमा ठेक्का संझौता गरिएको थियो।
केही समय बस्ती जोगाउन दोदा नदीको तटीय क्षेत्रमा जैविक तटबन्ध निर्माणमा जुटेका लालझाडी गाउँपालिका–२ का वासिन्दाले अहिले बगरमा मसला रोपेका छन् ।
स्थानीय रामदल रानाले चार बिघा जमिन दोदाले बगाएपछि आफ्नो परिवारलाई जीविका चलाउन समस्या भएको गुनासो गरे । “सानो बजेटले दोदाको तटबन्ध निर्माण सम्भव नै देखिँदैन ।” उनले भने, “केन्द्र सरकारको बजेटमा नपरेसम्म दोदाको तटबन्ध निर्माण असम्वभ जस्तै छ ।”
उक्त कार्यालयका अनुसार कृष्णपुुर नगरपालिकाअन्तर्गत मोहना नदी र कैलालीको खुटिया, धनगढीको चटपकपुरलगायत स्थानमा गत वर्षदेखि एशियाली विकास बैंकको कार्यक्रमअन्तर्गत तटबन्ध निर्माण भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
छबीसँगै रविको पनि म्याद जोडिएकाले अदालतमा मुद्दा अभियोजन गर्ने हतारमा छ सरकारी वकिल
पुष ५, २०८१ शुक्रबार