ठेकेदारको लापरबाहीका कारण तीन वर्षमा चौध प्रतिशत मात्र कालोपत्र
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार १८:५२:१६
२१ माघ, तनहुँ । जिल्लाको भानु नगरपालिका– १३ भानुमार्ग अन्तर्गतको चन्द्रावती, पोखरीछाप, ठूलोढुङ्गा सडकखण्डको कालोपत्र तीन वर्षमा करिब चौध प्रतिशत मात्रै सम्पन्न भएको छ । निर्माण कम्पनी शङ्करमाली कन्ट्रक्सन कम्पनीले विसं २०७६ कात्तिक ४ गते दश किलोमीटर सडकखण्डमा २०७८ माघ १५ गते सम्ममा सक्नेगरी कालोपत्र गर्न सम्झौता गरे पनि निर्माण कार्यले गति लिन नसकेको हो ।
रु तेइस करोड दुई लाख ८० हजारमा उक्त कम्पनीले ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले रु तीन करोड चार लाख २० हजार पेश्की लिएर निर्माण सुरु गरे पनि सम्झौताअनुसार तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि पुनः २०७९ असार ३० सम्म म्याद थप गराएको थियो ।
थप म्यादभित्र पनि कामको सुरुवात नै नगरी फेरि एक वर्ष म्याद थप गरेर पनि निर्माण कार्यमा आलटाल गर्दै आएको स्थानीय उपभोक्ता गलबहादुर गुरुङले जानकारी दिए । समयमा काम सम्पन्न नगर्दा पानी पर्दा हिलो र पानी नपर्दा धुलोको सामना गर्न स्थानीयवासी बाध्य भएको उनले बताए ।
पछिल्लोपटक थप भएको म्यादभित्र पनि निर्माण कम्पनीको प्रतिनिधिले औपचारिकता निर्वाह गर्न केही कामदार र केही सामान ल्याएर झार टार्ने काम मात्रै गरेको स्थानीयवासीले बताए । उक्त निर्माण कम्पनीले जताततै ठेक्का लिएर निर्माण कार्यलाई अलपत्र पार्ने काम गरेको पूर्वाधार कार्यालयका प्रमुख दिनेशकुमार घिमिरेले जानकारी दिए।
कार्यालयबाट पटक–पटक पत्राचार गर्नाका साथै फिल्डमा गएर काम गर्ने विषयमा माइन्युट गरेपनि अटेर गर्दै आएको उनको गुनसो थियो । कार्यालयका तर्फबाट गर्नुपर्ने कार्यमा कुनै कसर बाँकी राखेका छैनौँ । प्रमुख घिमिरेले भने “चाँडो निर्माण सम्पन्न गर्न ताकेता गर्ने कार्यलाई निरन्तरता पनि दिँदै आएका छौँ ।”
थपिएको म्यादमा सात महिना वितिसकेको छ । म्याद सकिन लगभग पाँच महिना मात्रै बाँकी रहेको उनले बताए । उक्त सडक निर्माण भए भानुनगरपालिकाको १२ र १३ वडा तथा व्यास नगरपालिकाको ८ र ९ वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । निर्माण कम्पनीका प्रतिनिधिले हरेक बैठकमा दुई दिनभित्र आवश्यक कामदार र सामग्री ल्याएर निर्माण कार्यलाई तीब्रता दिने भनि माइन्युट गरेपनि पटक–पटक झुटो आश्वासन दिएर उपभोक्तलाई झुकाउने कार्य गरेको उपभोक्ता गुरुङले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार