टि २० लिग स्पट फिक्सिङमा मुछिएकाे क्यानसँग राखेपले सोध्यो स्पष्टीकरण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार १९:५:२
![](https://nepalbahas.prixacdn.net/media/albums/rakhepa_AEBIXnQRby.jpg)
२२ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ )क्यान) लाई स्पष्टीकरण सोधेको छ । सो कुरालाई क्यानले गुपचुप राख्दै आएको खुलासा भएको छ ।
नेपाल टी–२० लिगका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग गरिएको सम्झौता राष्ट्रिय खेलकुद विकास ऐन २०७७ विपरीत भएको ठहर भएसँगै खेलकुद परिषद्ले क्यानलाई ७ दिनको समय राखेर हप्ता दिन पहिल्यै स्पष्टीकरण सोधेको हो ।
क्यानले भारतीय कम्पनी सेभेन थ्रीसँग नेपाल टी-२० लिगका लागि आठ वर्षको सम्झौता गरेको थियो । तर क्यानले गरेको सम्झौता ऐनविपरीत भएको राखेपले नेपाल टी-२० लिग छानबिनका लागि गठन गरेको कार्यदलले ठहर गरेको थियो । राखेपा सदसस्य सचिव टंकलाल घिसिङ छन् । उनी नेकपा (माओवादी केन्द्र)बाट नियुक्त भएका हुन् ।
राखेपाको कार्यकारी समिति बैठकले क्यानले सम्झौता गर्दा ऐन उल्लघंन गरेको ठहर गर्दै खेलकुद विकास ऐनको दफा २९ को ९१० अनुसार एक साताको पत्र काटेको राखेपाले जाएको छ । खेलकुद विकास ऐनको दफा २९ मा राष्ट्रिय खेल संघलाई निश्चित समय तोकी निलम्बन गर्न सक्ने व्यवस्था छ ।
क्यानले भारतीय कम्पनी सेभेन थ्रीसँग ८ वर्षका लागि नेपाल टी–२० लिग गर्न गत वर्ष मात्र सम्झौता गरेको थियो । पहिलो लिग नै खेल सट्टेबाजी अर्थात स्पट फिक्सिङमा मुछिएपछि लिग चलिरहेकै बेला आयोजक कम्पनी सेभेन थ्री भागेपछि क्यान अप्ठ्यारोमा परेको छ ।
स्पट फिक्सिङमा संलग्नताको आरोपमा प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सीआईबी)ले नेपाली क्रिकेटरद्वय मेहबुब आलम र मोहम्मद आदिल अन्सारीलाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ । अन्य खेलाडीमाथि निगरानी जारी रहेकाे पनी सीआईबीले जनाएकाे छ । सेभेन थ्रीका मालिक सो अभियोगमा फरार सूचीमा परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने
पुष २२, २०८१ सोमबार
वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म
पुष २१, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो
फागुन ५, २०८१ सोमबार
ब्राजिलका दम्पतीले बनाए विश्वको सबैभन्दा लामो वैवाहिक सम्बन्धको कीर्तिमान
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
विश्वकै पहिलो ‘समलिङ्गी इमाम’ मुहसिनको गोली हानी हत्या
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
उत्तरी गोरखाको नुब्री भ्यालीमा भारी हिमपात, टेलिफोन र इन्टरनेट सेवामा समस्या
फागुन ५, २०८१ सोमबार